
दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको हो ।
गाउँपालिका अध्यक्ष वलीको गाडीमा असन्तुष्ट गाउँलेहरुद्धारा आगजनी गरिएको बताइएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा शनिबार मध्यराति आगजनी भएको र आगोमा जलेर गाडी पूर्णरुपमा क्षति भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
आगो कसले र किन लगाएको हो भन्ने खुल्न नसकेको उनले बताए ।
गाडिमा लागेकाे अागाे ईलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे शई शर्माले बताउनु भयाे ।
बंगलाचुली गाउपालिका वडा नं.५ काे कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखीएकाे गाडीमा अागजनी भएकाे हाे !







