
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै शक्तिशाली बम विस्फोट भएको छ ।
मुख्यमन्त्री शाहीले कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्वोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो ।
मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले कार्यक्रम स्थलभन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिए । सिंहले साता दिन लामो जिल्ला भ्रमणमा रहेका मुख्यमन्त्री शाहीको ठूलो सुरक्षासहितको टीम रहेको कार्यक्रमस्थल नजिकैं बम विस्फोट भएको थियो ।
कार्यक्रमस्थलनजिकैं बम विस्फोटपछि सहभागीहरु एकाकएक आतंकित भएका थिए ।
मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एसियाकै अग्लो पचालझरणाको पर्यटन प्रवद्र्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलवार पचालझरणा पुगेका थिए ।
मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विष्फोटको घटना भएको थियो ।







