माओवादी जनयुद्धकी कलाकार निर्मला घिसिङले नेपालको सबैभन्दा ठूलो रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा रहेका सबैैै कोचहरुको मन जित्न सफल भएकी छिन् ।

सानै उमेरमा माओवादी जनयुद्धमा क्रान्तिकारी कलाकार बनेर जनवादी गीत गाउँदै हिडेकी निर्मलाले यसपटकको भ्वाइस अफ नेपालको दोस्रो सिजनमा निर्णायक मण्डलमा रहेका सबैं कोचहरुको मन जित्न सफल भएकी छिन् ।

‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन’ भन्ने गीत गाएकी निर्मलाले निर्णायक मण्डलमा रहेकाहरुको मन मात्र जितिनन् आफ्नो माओवादी जनयुद्धको इतिहासबारे आफ्नो परिचय दिदा सिंगो हल स्तव्ध बनेको थियो ।

निर्मलालले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसन पारेर ब्याटल राउण्डमा पुग्न सफल भएकी छिन् । अघिल्लो राउण्डमा एकजना बाहेक सबै कोचहरुको मन जित्न सफल भएकी छिन् ।

माओवादी जनयृुद्धमा थुप्रै क्रान्तिकारी गीतहरु गाएर आफ्नो अब्बलता प्रस्तुत गरेकी निर्मलाले नेपालको सबैभन्दा ठूलो रियालिटी शो भ्वाइस अफ नेपालको पहिलो चरणमा पाएको सफलताले उनी अझै निकै माथि जान सक्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार