नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता अग्नी सापकोटा अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन् । उनीसँग नेकपाको सिद्धान्त र नीतिका अलावा पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले लिएको विशेष अन्र्तवार्ताः

नेपाल कम्युनिष्ट पार्टीको निती के हो त ?

पार्टीको निती जनताको जनवाद हो ।

तर वामदेब गौतमले अर्को निती ल्याउनुभएको छ नि, समाजवादतिर जानुपर्छ भन्नुभएको छ ?
वामदेवजीलाई कहिले के सनक चल्छ । बामदेवजीको व्यक्तिगत कुरा नगरौँ । तर, पार्टीको आधिकारिक औपचारिक, कार्यनीतिको सिद्धान्त भनेको अहिले जनताको जनवाद हो । मार्गनिर्देशन सिद्धान्त माक्र्सवाद, लेनिनवाद हो । हामी अहिले समाजवादको तयारीमा छौ । समाजवाद अहिले नै लागू गर्न सकिन्छ भन्ने होइन । किनभने संविधानमा पनि समाजवाद उन्मुख राज्य व्यवस्था भनेको छ ।

समाजवादका आधारहरु तयार पार्ने दिशातिर हामी अग्रसर हुन्छौ र वैचारिक बहस अहिले त्यत्ति भएको छैन । किनभने हामी जब एकता प्रक्रिया टुङ्गाई सकेपछि महाधिवेशनको मोटामोटी यो समयमा हुन्छ भनेर समय तोकिसकको छ । त्यसपछि हाम्रो वैचारिक बहस खुल्ला हुन्छ । त्यतिखेर हाम्रो माक्र्सवाद, लेनिनवाद, माओवाद, बहुदलीय जनवाद, २१ औँ शताब्दीको जनवादलाई पनि स्थगित गरिएको छ ।

यी यावत विषयहरु मार्गनिर्देशन सिद्धान्त, कार्यनैतिक सिद्धान्त, दृष्टिकोण, रणनीती, कार्यनीति यी समग्र विषयमा हाम्रो महान बहसको प्रक्रिया सुरु हुन्छ । अहिले त हामीले सामान्य कार्यनैतिक सिद्धान्त प्रयोग गरेका छौ । त्यसकै आधारमा हामी अगाडि बढेका छौ । तर विलम्ब के मा भईरहेको छ भने पहिला एकताको बेलामा बनेको वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको प्रतिवेदन पनि सार्वजानिक गर्ने भनेको छ । छापामा जाने भनेको छ । तर त्यो भर्खर प्रकाशित भएको छ । तर, पछिल्ला बैठकका प्रतिवेदन पनि सार्वजानिक भएका छैनन् । त्यो सावैजानिक हुँदा सँगै पार्टीले फेरी एउटा गति लिन्छ र पार्टीका धेरै जसो काम अहिले पुरा भएको छ ।

अहिले जिल्लासम्मको नेतृत्व चयन भएको हुँदाजिल्ला देखि वडासम्मको काम जिल्लाले गरिहाल्छ । मूल नेतृत्वको टीम पनि बनेको हुनाले मूल नेतृत्वले पनि तलसम्म काम गरिहाल्छ । विभाग, आयोग र परिषदहरु टुंगिइसके ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार