चितवनमा स्थानीय जनताको सहभागितामा निर्माणसम्पन्न हुँदै गरेको प्रतिक्षालयलाई स्थानीय जनप्रतिनिधिको ठाडो आदेशमा भत्काएर जलाइएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले राप्ती नगरपालिका ओहोलेवाङमा दलाल सामाजिक फासिवादी सरकारका केही एजेन्ट र घुस्याहा प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा प्रतिक्षालयलाई भत्काएर आगजनी गरेकोप्रति घोर निन्दा र भत्र्सना गरेको छ ।

जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले शुक्रबार विज्ञप्ति निकाली नेपाल कम्युनिस्ट पार्टी र जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालय निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा २०७६/५/५ गते बन्चरा, आरा, गैती, घन र लाइटर बोकेका केही एजेन्ट र कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले ओमेदानमा पुगेर प्रतिक्षालयलाई भत्काएर आगजनी गरेको भन्दैं आक्रोश व्यक्त गरेका छन्

इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्तिमा भनेका छन्, ‘दलाल भ्रष्ट, कमिशनखोर, तस्कर राष्ट्रघाती विरुद्ध संघर्ष गर्दै विगतका दिनहरुबाट जनतामाँझ आवश्यकता अनुसार विकास निर्माणका पुर्वाधारहरु (बाटो, घाटो, खानेपानी, प्रतिक्षालय) जनताको सहभागितामा हाम्रो पार्टीले बनाउँदै आइरहेको कुरा सर्वविदितै छ । यही क्रममा राप्ती नगरपालिका ओहोलेवाङमा जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालयको निर्माण अन्तिम चरणमा पुगेको अवस्था थियो । सहिद स्मृति प्रतिक्षालय निर्माणले जनतामा उत्साह र खुसी पैदा भएको थियो २०७६÷५÷५ गते दलाल सामाजिक फासिवादी सरकारको निर्देशनमा बन्चरा, आरा, गैती, घन र लाइटर बोकेका केही एजेन्ट र घुस्याहा प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले ओमेदानमा पुगेर श्रमिक जनतालाई धम्क्याउने काम गर्यो । राज्यको यो बर्बर जंगली व्यवहारको हाम्रो जिल्ला पार्टी घोर निन्दा र भत्र्सना गर्दा केही घुस्याहा एजेन्ट, प्रहरी भ्रष्ट जनप्रतिनिधिको उक्साहटमा नलाग्न राष्ट्रवादी सुरक्षाकर्मीलाई हाम्रो पार्टी अपिल गर्दछ । राज्यको ज्यादती दमन र अत्याचारको विरुद्ध हाम्रो चितवन जिल्ला पार्टीले आन्दोलनको घोषणा गरेको छ । विगतमा झै हाम्रो पार्टीले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमलाई सहयोग र समर्थन गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायी व्यापारी शिक्षक प्राध्यापक कर्मचारी मजदूर नागरिक समाजलगायत सम्पूर्ण चितवन जिल्लावासी जनसमुदायमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार