केपी ओली सिंगापुर गएको मेलो पारेर प्रचण्ड र माधव कुमार नेपालबीच भेटघाट भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रबार विहान भेटवार्ता भएको छ।

प्रचन्ड निवास खुमलटारमा भएको भेटवार्तामा दुइ नेताबीच झण्डै २ घन्टा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।  छलफलमा पार्टीको सचिवायल बैठकमा ओली र नेपालबिच भएको भनाभनपछिको तिक्ततालाई कम गर्ने प्रयास गरको प्रचण्डको सचिवालयले जनाएको छ।  छलफलको बीचमा केहीबेर नेता जनार्दन शर्मा पनि सहभागी भएका थिए ।

पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अधिकार दिएर उपचारका लागि सिंगापुर गएको भोलिपल्टै प्रचण्डले नेपालसँग छलफल गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा ओली र नेपालबीच चर्काचर्की परेको थियो। दुई नेताबीच तँ तँ र म म को तहमा विवाद भएपछि नेकपा तरंगित भएको छ।

नेता नेपाल वरीयता तथा जनवर्गीय संगठनमा ओलीले एकपक्षीय नियुक्ति गरेको भन्दै असन्तुष्ट छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार