
पत्रकार शालिकराम पुडासैनीको मृत्यू र रवि लामिछानेको गिफ्तारीको प्रकरणका रुपमा उर्लिएको जनमतले ‘मास फ्रस्टेसन’का लक्षणहरु देखाएको छ।
दलाल राज्य व्यवस्था र अपराधि शासकहरुले देखाउँदै आएको नांगो नाँचबाट विकास भएको असन्तुष्टि तथा रोष अब चरम ‘फ्रस्टेशन’ (निराशा) का रुपमा परिणत भएको छ। ‘मास फ्रस्टेशन’ले अविश्वासको प्रतिनिधित्व गर्दछ। यसको अर्थ हो, अब मानिसहरुले दलहरुका कुनै पनि कुरा सुन्न चाहँदैनन्। मानिसहरुमा यौटै चाहना बाँकि छ, त्यो हो- कुनै पनि सर्तमा व्यवस्था र देशद्रोही दलहरुको अन्त्य।
जब मानिसहरुमा विकास भएको ‘फ्रस्टेशन’ साझा विशेषताका रुपमा प्रकट हुन्छ, तब बुझ्नु पर्दछ कि मानिसमा थेग्ने सामर्थ्य समाप्त भैसकेको छ र अब उ जे पनि गर्न तयार छ। परिस्थितिले विष्फोट हुनका लागि निमित्त कारण मात्र पर्खेर बसेको छ। जब मानिस मानसिक रुपमैं वारपारको अवस्थामा पुग्दछ, तब समाजमा आँधि आउने यथार्थता अपरिहार्य बन्न जान्छ। रवि गिरफ्तारीको घटना कुनै कानूनी मुद्दा नभएर आलोचक मुख बन्द गर्ने राजनीतिक हमलाको कडीका रुपमा उदाएको थियो र यो राजनीतिक कित्ताबन्दिका रुपमा परिणत भैसकेको छ।
दलका नाममा देशमा यति जघन्य अपराधहरु भैसकेका छन् कि अब नेपालीहरु दलहरुले उछाल्ने गरेका अरुका व्यक्तिगत कमजोरीहरुका बारेमा कुनै कुरा सुन्न तयार छैनन्। दल र अरुका बिचमा तुलना गर्ने नसकिने परिस्थिति विकास भैसकेको छ। १२ बुँदेको खोलमा विदेशी उक्साहटमा डेढ दशकदेखि वेलगाम चल्दै आएकोे ब्रम्हलुट, देशद्रोह, दण्डहिनता, भ्रष्टाचार, स्वेच्छाचारिता, कंगाली, जनशक्ति निष्कासन, विदेशी दलालली, संस्कृतिमाथि नियोजित हमला जस्ता नियोजित षडयन्त्रहरुमा आधारित पाशविक प्रवृतिहरुले थेग्नै नसक्ने गरी सिमा पार गरिसकेका छन्।
दलाल व्यवस्था र नेपाल लुटेरा विदेशी एजेन्टहरुको अवसानलाई कसैले रोक्न सक्ने अवस्था छैन। समस्या ठिक उद्देश्य बोकेको नेतृत्वको मात्र हो। अब ध्यान दिनु पर्ने कुरा एउटै छ कि यो ‘मास फ्रस्टेसन’लाई तिनै विदेशी शक्ति र सन्तको आवरणमा पालेका तिनका नयाँ दलालहरुले भजाएर फेरी अर्को गोलचक्करमा घुमाउन नपाउन्। नेपालमा बारम्बार यही समस्या दोहरिने गरेको छ।
जनमतको भावनालाई दुरुपयोग गर्न घुसपैठ गर्ने अबान्छित देश विरोधि तत्वहरुबाट जोगिनु पर्छ र यो ‘फ्रस्टेसन’लाई दलालहरु र दलाल प्रणालीको अन्त्यको दिशामा लैजानु पर्छ।
विश्लेषक भरत दाहालको सामाजिक संजालबाट ।







