
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार सचिवालय बैठक बोलाएका छन् ।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।
विहान १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको सचिवालय बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुनेछ ।
स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर रहेको बेला आन्तरिक पार्टी विवाद मिलाउने उद्देश्यले बैठक बोलाएक हुन ।
गत बिहीबारको सचिवालय बैठकमा ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपालबिच व्यक्तिगत तहमा भनाभन भएपछि नेकपा भित्रको बिबाद थप उत्कर्षमा पुगेको छ ।
बैठकले मर्यादाक्रममा एक तह घटुवा गरेपछि आक्रोशित रहेका नेपालले ७ बुँदे ‘नोट अफ डिसेन्ट’ दर्ज गराएका छन ।
अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा माधवकुमार नेपालसँग छलफलसमेत गरेका छन् । ‘ब्यक्तिगत भनाभनबाट दुःखी’ नेता नेपालले त्यसलाई ‘इश्यु’ बनाउन नहुँने भन्दै बिषयमा प्रवेश गर्न अध्यक्ष दाहालसँग आग्रह गरिसकेका छन् ।
गत शुक्रबार नेपालसँग भेटवार्ता गरेका अध्यक्ष दाहाल आइतबार राष्ट्रपति बिद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए । शितल निवासमा राष्ट्रपति र दाहालबिच झन्डै २ घन्टा कुराकानी भएको थियो ।
झन्डै १५ महिना पछि बैठकको अध्यक्षता गर्नेसम्म अधिकार पाएका दाहालले नेकपा भित्रको बिबाद उपचारबाट ओली स्वदेश फर्कनु अगावै सल्टयाउने प्रयास गरिरहेको छन् ।







