वरिष्ठ लेखक एवं पत्रकार खेम थपलिया रिहा भएका छन् ।
अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव समेत रहेका थपलिया सर्वाेच्च अदालत न्यायधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासको सोमबार दिएको आदेशमा रिहा भएका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले गत साउन ३ गते थपलियाको रिहाईका लागि सर्वाेच्च अदालतमा न्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
थपलिया रिहा भएपछि संवाद डवलीमा स्वागत तथा सम्मान गरिएको थियो । त्यस्तै गत शुक्रवार पोखराबाट पक्राउ परेका पत्रकार ओम हमालको पक्षमा पत्रकार महासंघ केन्द्रीय सदस्य जैसीले दायर गरेको रिटउपर आज बहसपछि पत्रकार हमाललाई ३ दिनमा सर्वाेच्चमा हाजिर गराउन र पक्राउ गर्नुको कारणसहित जवाफ पठाउन सर्वाेच्चले आदेश दिएको छ ।
सर्वाेच्चका न्यायाधीश प्रकाशमान सिंह रावतको एकल इजलासले आदेश दिएको हो । पत्रकार हमाललाई शुक्रबार विप्लव नेतृत्वको पोखरा इन्चार्ज रुपेशको अन्तर्वार्ता लिइरहेका बेला रुपेशसँगै पक्राउ गरेको थियो।
दुवै जनालाई पोखरा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।








