
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सार्वजनिक आलोचना गर्नलाई गरिएको प्रतिबन्ध प्रति अन्यौल बढेको भन्दै पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले टिका टिप्पणी नै गर्न नपाईने व्यवस्था नभएको प्रष्ट्याएका छन् ।
उनले वैचारिक र नीतिगत विषयमा सार्वजनिक रुपमै आलोचना गर्न पाईने बताए ।पार्टीलाई व्यवस्थित र मर्यादित बनाउन मात्रै नेताहरुको सार्वजनिक आलोचना गर्न प्रतिबन्ध गरिएको नेता श्रेष्ठको स्पष्टोक्ती छ ।
उनले नेताहरुको आलोचना खुलेर नै पार्टीभित्र भने गर्न पाईने बताएका छन् ।पार्टी सचिवालयले लिएको निर्णयसँगै अन्यौल बढेपछि मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पार्टी प्रवत्ता श्रेष्ठले पार्टी निर्णयबारे स्पष्ट हुन आग्रह गरेका हुन् ।
उनले पार्टी नेता तथा कार्यकर्तालाई पार्टी र सरकार असफल बनाउने गरि आलोचना नर्गन पनि सुझाएका छन् ।
यस्तो छ प्रवत्ता श्रेष्ठको ट्विट
पार्टीको निर्णयलाई सही रुपमा बुझौं । कुनै पनि कमरेडको ब्यक्तिगत टिकाटिप्पणी सार्बजनिक रुपमा नगरौं । नेताहरुलाई मात्र छुट होइन । पार्टी भित्र गरौं । पार्टी र सरकारलाई कम्जोर वा असफल पार्ने नियतले केही नगरौं । तर बैचारिक, नीतिगत बिषयमा सार्बजनिक छलफल वा आलोचनात्मक टिप्पणी गर्न सकिन्छ । गरौं ।







