
रोल्पाको परिवर्तन गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा बम विस्फोट तथा आगजनी गरिएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनको घर रहेको राङ्सीको वडा कार्यालयमा बम विस्फोट र आगजनी भएको हो । बम विस्फोट र आगजनीबाट कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
घटना कसले र किन गराएको भन्नेबारेमा स्पष्ट हुन सकेको छैन। तर, विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सो घटना गराएका आशंका गरिएको छ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अज्ञात समूहले वडा कार्यालयमा बम विस्फोट गराउने प्रयास गरेको र विस्फोट नभएपछि ढोकामा आगजनी गरेको बताए।
तर, स्थानीयले आगो निभाएका कारण कुनै नोक्सान नभएको प्रजिअ ढकालले दाबी गरे।







