
पत्रकार खेम भण्डारीले रबि लामिछानेलाई राजनीतिमा आएर आफुसंग भिड्न चुनौती दिएका छन् । आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आगामी चुनाबमा आफुसंग भिड्न चुनौती दिएका हुन् ।
संचारकर्मी रबिलामिछानेले राजनीतिमा आउन सक्ने संकेत दिएपछि उक्त बिषयलाई स्वागत गर्दै सुदुरपश्चिमको कुनै पनि निर्बाचन क्षेत्रबाट आफुसंग भिडेर हेर्न भनेका छन् । देश बनाउन राजनीति नै गर्नु पर्ने बताउदै पत्रकार भण्डारीले रविलाई राजनीतिमै आउन भनेका छन् ।
मंगलबार बिहान चितवनको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार लामिछानेले राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै आफु राजनीतिमा आउने सम्भावनाको ढोकामा ताल्चा नलागेको बताएका थिए ।
टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेले आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताएका थिए।
भण्डारीको सामाजिक संजाल फेसबुकमा लेखिएको स्टाटस –
रवि लामिछानेले राजनीति गर्ने मुड बनाएछन् । Very Good । देश बनाउनु छ भने राजनीति नै गर्नुपर्छ । लौ रविजी आउनुस ! आगामी निर्वाचनमा सुदूरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट मसँग भिडेर हेर्नुस् !








