नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकार कुटनीतिक सैन्य रणनीतिमा टेकेर आफ्नो पार्टीविरुद्ध हत्याकाण्डमा उत्रेको बताएका छन् ।

विश्वमा अहिले साम्राज्यवादीह्रुले विकास गरिरहेको कुटनीतिक सैन्य रणनीतिलाई ओली सरकारले अवलम्बन गरेको महासचिव विप्लवको आरोप छ ।

इरातोखबर अनलाइन टिभीसँगको कुराकानीमा महासचिव विप्लवले ओली सरकारले त्यही रणनीति अपनाएर सर्लाही, भोजपुरलगायत ठाउँमा बर्बर हत्याकाण्ड रचेको बताए ।

सरकारले वार्ताको कुरा गरेको तर त्यो वार्ताभित्र सैन्य रणनीति घुसाएर दमनको बाटो अगाडि बढाएको विप्लवको आरोप छ ।

आफ्नो पार्टी वार्ताप्रति गंभीर भएपनि सरकार गंभीर नभएका कारण वार्ता हुन नसकेको विप्लवको भनाई छ ।

ओली सरकारले अर्बौ रकम भ्रष्टचार गरिरहेको र भ्रष्ट अनुहार जनताको बीचमा उदांगिने भएपछि आफ्नो पार्टीलाई प्रतिवन्ध थोपरेर दमनको बाटो अख्तियार गरेको विप्लवको कथन छ ।

एनसेलले अहिलेसम्म झण्डै १ खर्ब रकम राज्यलाई कर नतिरेर ठूलो बदमासी गरिरहँदासम्म राज्यको पदमा रहेका कुनैपनि अधिकारी र सत्तापक्ष एवं प्रतिपक्ष कुनैपनि दल नबोल्नु अनौठो भएको महासचिव विप्लवको कथन छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार