
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा तीस ट्रक कोशेली नेपाल भित्रिएको छ ।
अक्टुबरमा हुने भारत भ्रमणपछि आफ्नो देश फर्कन पूर्व नेपाल आउने हल्लाका बिच १५० मिलियन चिनियाँ मुद्रा आरएमबी अर्थात् २३ करोड ९५ लाख ५० हजार बराबरको सैन्य सहयोग नेपाल आइपुगेको हो ।
तर, पहिला बंगलादेशबाट भारतीय पर्यटकीय सहर गोवा गएका उनी नेपाल नटेकी फकिएकोमा यसपटक त्यसको क्षतिपूर्ति तिर्ने तयारी भएको बुझिन्छ । राष्ट्रपतिको भ्रमणपूर्व चीनले ठूलो मात्रामा सैनिक सहयोग नेपाल पठाएको छ । जनआस्था साप्ताहिक ले समाचार छापेको छ ।







