पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पछिल्लो समय लगातार विवादमा आइरहेका छन्, सामाजिक सन्जालमा। बुबाको मुख हेर्ने दिनको सन्दर्भमा छोरी मानुसी बाल्यवस्थामै रहेका बेला सँगै खिचेको तस्विर सामाजिक सन्जालमा राखेपछि उनका एक महिला फलोअरले ‘ मेरो बाबा खई’ भन्दै कमेन्ट गरेपछि यसले चर्चा पाएको थियो।

त्यसपछि एक अखबारमा छापिएको लेख ट्विटरमा सेयर गर्दै त्यसमाथि  ‘विश्व र नेपालको विकास तथा समृद्धिको बाटोवारे नोवेल विजेता जोसेफ़ स्टिग्लिट्जसँगको विचारमन्थन र प्रगतिशील पुँजीवाद कि समुन्नत समाजवादको नयाँ विकल्प वारे वहस शुरू गरेको छु! सक्रिय सहभागिताकालागि सबैलाई हार्दिक निमन्त्रणा छ है!’ लेखेपछि उनका एक फलोअरले ‘१७०००’ कमेन्ट गरेका थिए। ती फलोअरलाई ‘रिप्लाई’ गर्दै ‘१७००० मा प्लस एक हुनुपर्ने रहेछ है?’ लेखेपछि बाबुराममाथि उनका अन्य फलोअर जाइ लागेका थिए। 

पछिल्लोपटक बाबुराम श्रीमती हिसिलाले सामाजिक सन्जालमा तस्विरसहित पोस्ट गरेको एउटा स्टाटससहित केमन्टसहित सेयर गरेपछि विवादमा छन्।

हिसिलाले ट्वीटरमा लेखिन् : ससुरा बुवाको ९० बर्ष प्रवेशको उपलक्षमा आउनु भएका सबैलाई बिदाई गरी सके पछि हामी ससुरा भोज प्रसाद भट्टराई, छोरा बाबुराम भट्टराई यमि र बुहारी हिसिला यमि भट्टराई !

बाबुरामले त्यसलाई सेयर गर्दै स्टाटससमेत राखे : हिसिलाजीको सूक्ष्म व्यंग्यमा दम छ!केही रूढीवादीले वहाँको नाम पछाडि अनधिकृत ढंगले पतिको थर जोड्नथालेपछि पतिले पनि किन पत्नीको थर नजोड्ने?भन्नु स्वाभाविक हो! विवाह गर्दैमाgeneपरिवर्तन हुन्न,त्यसैले गोत्रसूचक थर फेर्नुपर्दैन!सन्तानमा आमाबाबु दुवैको gene हुनाले उसको संयुक्त थर हुनसक्छ!

यसपछि बाबुरामको उछितो काट्ने उत्रिए। धेरैले कमेन्टमा उनी र उनका पारिवारिक सदस्यलाई जोडेर व्यंग्य गरे।

सुनिल पौडेल :   मैले बुझ्न चाहेको कुरो के भने, अब यदि मानुषी यमि भट्टराई र जेकेन्द्र श्रेष्ठको सन्तान भएमा उक्त सन्तानको थर के हुने? तेसैगरी सन्तान दर सन्तानको थर पछाडि यसरी आमा र बा दुबैको थर थप्दै जाने हो भने त 8/10 पुस्ता पछि त नाम थर लेख्नै २/४ पेज नै राख्नुपर्ने दिन आउला कि न आउला?

विक्रम कार्की :  डा बाबुराम भट्टराईको सिद्धान्तअनुसार नाम यस्तो हुने रहेछ : हर्क बहादुर नेपाल र माया धितालको छोरो राम नेपाल धिताल, राम नेपाल धितालले विष्णु घिमिरे र रिता दाहालको छोरी रमा घिमिरे दहालसंग विहे ग¥यो अब उसको छोरोको नाम हुने भो रमन नेपाल धिताल घिमिरे दहाल ! यसरी थर थप्दै जाँउ अब ….

वशिष्ट :  तपाई कि श्रीमतिको ब्यंगै सहि भोलि तपाईको छोरिको तेश्रो चौथो पुस्ता पछिनै थर मात्र एक पन्नाको हुन्छ #थरको_वर्ण_शंकरले कालान्तरमा नया नया थर जन्मन्छन अनि तपाईको जातिको नामको राजनिती हा हा हा झन फस्टाउछ त्यै भएर यो ग्रान्ड डिजाइनिङ्ग मलाई चै खासाको लागो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार