
सत्ताधारी नेकपाका नेता घनश्याम भुसालले पैसाले जितिने संसदीय व्यवस्थाबाट समाजवादमा जान नसकिने भन्दैं नयाँ व्यवस्थाको विकल्प खोज्नु पर्ने बताएका छन् ।
शनिबार राजधानीमा भुसालले प्रचण्डकैं अगाडि कम्युनिस्ट नेताहरु नैं पद र पैसाका जीवनभर अल्झेको भन्दैं त्यसले समाजवादमा पुग्न नसकिने धारणा राखे ।
भुसालले दलाल पूँजीवादी चरित्र अंगाल्ने कि समाजवादी चरित्र अंगाल्ने भन्नेमा नै दुविधा जस्तो देखिएका कारण जनतामा अन्योलता बढेको बताए ।
प्रजातन्त्र, लोकतन्त्रको नाममा हुने चुनाव पद्दतिमा नै कही न कतै समस्या रहेको भन्दै उहाँले त्यसले क्रान्तिका पक्षमा भन्दा पनि दलाल पूँजीवादको पक्षमा पृष्ठपोषण गरेकाले निर्वाचन प्रणाली नै बदल्नुपर्ने आवश्यकता औँल्याए ।
वाम विश्लेषक हरि रोकाले कम्युनिस्ट सरकारले जनताका न्यूनतम आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिए । ठूलाठूला सपनाभन्दा पनि साना सामान कामबाट जनताको विश्वास जित्न उनले नेकपा र वर्तमान सरकारलाई आग्रह गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा डा कुसुम शाक्य र समाजशास्त्र विभागका प्राध्यापक युवराज लुइँटेलले ढकालको पुस्तकका बारेमा समीक्षा गरेका थिए । विश्व अर्थतन्त्र, समाजवाद, पूँजीवाद र नेपालको अर्थप्रणालीको साङ्गोपाङ्गो विषय समेटिएको उक्त पुस्तकलाई जागरण बुक हाउसले प्रकाशनमा ल्याएको हो ।







