
विप्लव नेतृत्वको नेकपाका नेताहरु कपिलदेव भट्ट र योगेन्द्र कुमाललाई प्रहरीले सर्वाेच्च अदालतको गेटबाट पुनः गिरफ्तार गरेको छ ।
बिहिबार सर्वाेच्चको आदेशमा रिहा भएका नेताद्वयलाई कानूनको उपहास हुनेगरी सरकारबाट गिरफ्तार गरिएको आरोप उनीहरुका परिवारले लगाएका छन् ।
परिवारका एक सदस्यले आक्रोषित हुँदे भने, “न्यायलयको उपहास हो की, नाटक ? अब त संका नै लाग्न थाल्यो, यो देशमा न्यापालिका छोड भन्छ तर त्यसैको गेटबाट निर्दोश सावित मानिसहरु निरन्तर गिरफ्तार हुन्छन, आखिर के हो यो ?”
परिवारका अनुसार, नेताद्वयलाई भदौ २६ गते राति नै उपत्यका बाहिर लगिएको खबर छ । तर, कहाँ लगिएको हो, प्रहरीले उनीहरुका परिवारलाई समेत थाहा दिएको छैन । पीडित परिवारले ’नागरिक अधिकार हनन् गरि बेपत्ता पार्ने काम राज्यबाट भएको’ बताएका छन् ।
नेता कपिलदेव भट्ट र योगेन्द्र कुमाललाई यस अघि तनहुँ जिल्ला प्रशासन कार्यालयले धरौटी बुझाएर रिहा गर्ने आदेश गरे लगत्तै प्रहरीले जिल्ला प्रशासन कार्यालय भित्रैबाट पुन गिरफ्तार गरेको थियो ।
सरकारर गृह प्रशासनलाई नेताद्वय कपिलदेव भट्ट र योगेन्द्र कुमालको स्थिति अबिलम्ब सार्वजनिक गर्न र रिहा गर्न पनि परिवारजनले माग गरेका छन् ।








