
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एकल नेतृत्व पद्धतीको बारेमा बहस सुरु हुँदा अब सो पार्टीमा नयाँ ध्रुवीकरण बन्ने भएको छ ।
डबल नेकपाका पहिलो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कुनैपनि हालतमा पार्टीको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसुम्पिने निचोडमा पुगेका छन् ।
सिंगापुरमा उपचार गराएर फर्केपछि बालुवाटारमा आफ्नो समूहका नेताहरुसँगको गोप्य छलफलमा पनि ओलीले आफ्नो रणनीति सुनाएका छन्।
सत्ताधारी नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार ओलीले आफूपछि नेतृत्वमा पार्टी उपाध्यक्षमा प्रस्तावित नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई नै अघि बढाउने तयारी गर्नुको दीर्घकालीन लक्ष्य गौतमलाई आफुपछि नेताको रुपमा अघि सार्नु हो ।
यसका लागि उनले गौतमलाई आउने मंसिरमा हुने उपनिर्वाचनमा काँस्कीबाट उम्मेद्धवार बनाउने तयारी पनि थालेका छन् ।
पछिल्लो समय वामदेव एकाएक ओलीसँग निकट बन्नुको भित्री कुरा यस्तो रहेको सत्ताधारी नेकपाको उच्च स्रोतको दाबी छ ।
यो पछिल्लो ध्रुवीकरणले पूर्व एमाले धार बलियो बन्ने देखिएको छ ।







