लक्ष्मण थारु, विद्रोही नेताको परिचय बनाउन सफल छन् । कैलालीको टीकापुरमा प्रहरी मारिने गरी भएको घटनाका अभियुक्तका रुपमा लामो समय जेल बसे । हाल जेलबाट छुटेका उनी विद्रोहको भाषा बोल्न छाडेका छैनन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानीः

तपाईं के गर्दै हुनुहुन्छ ?
हामी आन्दोलनको तयारीमा जुटिरहेका छौं ।

तपाईंले नेपालको संविधानलाई स्वीकार्नुभएको छैन ?
यो संविधान थारु, मधेसी, मुस्लिम, एत्पीडित, दलित, अल्पसंख्यक र पीछडा वर्गको उत्थानका लागि बनेन । माननीय सांसद रेशम चौधरीहरुलाई जेलमा कोचेर बनाइएको संविधान हामी स्वीकार्न तयार छैनौं ।

तीन करोड नेपालीले त यो संविधानको अपनतो गरिसकेका छन् नि ?
यो देश बेच्ने, देशको ढुकुटी बेचेर खर्बपति बन्ने, सरकारी जग्गा बेच्ने, भ्रष्टाचार गर्नेहरुले बनाएको संविधान हामी मान्नेवाला छैनौं । यो संविधानका कतिपय धारामा थारु, दलित, मधेसी, अल्पसंख्यक समुदायको पहिचान गुम्ने गरी बनाइएकाले हामीलाई स्वकार्य छैन ।

यो संविधानलाई थारुहरुले बहिस्कार गरेको हो ?
अहिले होइन हामीले २०७२ साल जतिखेर हामीलाई झुठा मुद्दा, नचाहिँदा आरोपहरु लगाएर जेलमा कोचियो । अनसन्धानका नामा हामीलाई ४२ महिनासम्म जेलमा राखियो । त्यसबेला हामीले आपूmलाई लागेका कुरा बिरोध गर्न बोल्न पाएनौं । त्यसबेलामा पनि देशैभरी थारुहरुले यो संविधान हाम्रो पक्षमा बनेन भनेर विरोध जनाएको हो ।

ढिलै भए पनि हामी जनजाति, आदिवासी, मधेसी, थारु, मुस्लिमलगायत गोलबद्ध भएर असोजलाई ३ लाई कालो दिनको रुपमा मनाउने तयारीमा छौं ।

असोज ३ लाई सरकारले दीपावली मनाउने भनेको दशैभरी के भन्नुहुन्छ ?
यो देशका पशुपतिमा शंख फुक्नेहरुले हामीलाई डर, त्रास देखाएर भ्रममा पारेर, जेलमा कोचेर, बेकारको झुठा मुद्दा लगाएर, यो देशका पहिचानवादी भूमि पुत्रहरुलाई वाइपास गरेर बनाएको संविधान हो । त्यसमा भूमिपुत्रहरुका मुद्दाहरु समेटिएको छैन भन्दाभन्दै नौटंकी पाराले जुन संविधान घोषणा गरियो । त्यो हामीलाई स्वीकार्य छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार