चिवतन मेडिकल कलेजमा एमबिबिएस तेश्रो वर्षमा अध्ययनरत मान्यता थापाको दैनिकी पन्ध्र दिनयता फेरिएको छ। डाक्टरी अध्ययनसँगै अस्पतालमा बिरामी हेर्ने मान्यता त्यही अस्पताल छिर्न बञ्चित छन्।

सरकारले तोकेभन्दा कलेजले १२ लाख रुपैयाँसम्म बढ्ता शुल्क असुलेको विरोधमा उनी आन्दोलनमा छन्। यसबीच भदौ १९ गतेको प्रदर्शनका क्रममा उनले १२ घन्टाको प्रहरी हिसासत भोगेकी छिन्।

चितवन मेडिकल कजेलले लिएको चर्को शुल्कविरूद्ध झन्डै पन्ध्रसय विद्यार्थीलाई एक ठाउँमा ल्याउन मान्यताको भूमिका छ। आन्दोलनमा उत्रँदा कलेजले प्राक्टिकल परीक्षामा फेल गराइदिने त्रासबीच उनी डराएका विद्यार्थीको भरोसाको केन्द्र बनेकी छिन्।

आफैंले तोकेको शुल्क लागू गराउन सरकार असफल भएपछि विद्यार्थीहरू कार्यान्वयनका लागि आवाज उठाइरहेका छन्। तर मेडिकल कलेजको ठगीविरूद्ध कारबाहीको साटो सरकारले विद्यार्थीलाई प्रहरीमार्फत् दमनको बाटो अख्तियार गरेको छ।

‘राज्यले त अविभावकको दायित्व निर्वाह गर्नुपर्ने हो’, सरकारको भूमिकालाई लिएर निरास मान्यता प्रश्न गर्छिन्, ‘न्यायका लागि कहाँ जाने हो।’

त्यसो त मान्यताको परिवारले समेत कलेज प्रशासनबाट अतिरिक्त शुल्कका लागि दबाब खेपिसकेको छ।

‘म पहिलो वर्षमा अध्ययन गर्दा मेरो बाबालाई तपाईंले रकम तिर्नु भएन भने छोरीलाई टर्चर पनि दिन सकिन्छ भनियो’, मान्यता भन्छिन्, ‘उपचारका लागि भारतमा रहेकी मेरी आमालाई फोन गरेर छोरीलाई परीक्षा फारम भर्न दिइन्न है भनेर कुरा गरियो।’

मान्यता कलेजले विद्यार्थीमाथि श्रृजना गरेको दबाबकै कारण आन्दोलनमा होमिएको बताउँछिन्।

‘अति नै भयो भनेपछि हामीले यो अभियान चलाएका हौं’, उनले भनिन् ‘तर चरम अवस्थामा पुगेपछि हामीले प्रतिकार सुरू गरेका हौँ।’

सेतापाटीले तयार पारेको रिपोर्ट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार