वासिङ्टन : अमेरिकामा हालै सार्वजनिक एक रिपोर्टका अनुसार हरेक १६ महिलामध्ये एकको पहिलो यौन अनुभव ‘बलात्कार’ हुने खुलासा भएको छ ।

अनुसन्धानमा सहभागी महिलाहरुले किशोरावस्थामै आफ्नो पहिलो यौन अनुभव पुरुषबाट ‘बलपूर्वक’ र ‘हिंस्रक’ हुने बताए । साथै त्यस्तो अनुभवले स्वास्थ्य समस्या निम्त्याउने पनि उनीहरुको अनुभव रह्यो ।

झण्डै ७ प्रतिशत महिलाहरुमाथि गरिएको उक्त अध्ययनमा महिलाहरुले आफ्नो अनुभव सुनाएका हुन् । उनीहरुले आफ्नो पहिलो यौन अनुभव इच्छाविपरीत हुने बताएका थिए ।

अनुसन्धाता डा. लौरा हक्सका अनुसार इच्छा विपरीत हुने यस्ता यौन सम्पर्क ‘बलात्कार’ हुन् । ‘पहिलो यौन सम्पर्कमै बलात्कार हुनु भनेको महिलाले यौनमा आफ्नो हक गुमाउनु हो,’ हक्सले भनिन् ।

यस्ता सम्बन्धले महिलालाई मानसिक र शारीरिक समस्या निम्त्याउनसक्ने हक्सको भनाइ छ । यस्तो खोजको तथ्य यही सोमबार ‘जामा इन्टरनल मेडिसिन’ नामको जर्नलमा प्रकाशित छ ।

यस्तै निरन्तर यौन शोषणका असरले सामाजिक वहिस्करण सिर्जना हुने अन्य अध्ययनले देखाएका छन् । जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अनुसन्धानमा लाखौं महिला सहभागी थिए ।

जहाँ ‘तिम्रो पहिलो यौन सम्पर्क तिम्रो आफ्नै इच्छा अनुसार थियो त ?’ भनेर सोधिएको थियो । जवाफमा धेरैले पहिलो सम्पर्क इच्छा विपरीत भएको बताएका थिए ।

अमेरिकाबाटै केही वर्षयता सुरु भएको ‘मि टू’ अभियान विश्वभर फैलिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार