नेकपाका अध्यक्ष ओलीले आफ्नो उत्तराधिकारीका रूपमा वामदेवलाई अघि सार्ने रणनीति अघि सारेका छन् । यसका लागि उनले पार्टीको उपाध्यक्षमा वामदेवलाई नियुक्त गरिसकेका छन् ।

साथै, ओलीले गौतमलाई प्रतिनिधिसभामा ल्याउनका लागि ताप्लेजुङमा होलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उनैले प्रक्रिया अघि बढाएका छन् ।

यसअघि नेकपाकै अर्का अध्यक्ष प्रचण्डले वामदेवलाई वैकल्पिक बाटो हुँदै प्रतिनिधिसभामा ल्याउने कसरत गर्दा उक्त कसरत फेल गराउने ओली अहिले आफैँ अग्रसर भई अध्यक्ष दाहालको गुटबाट आफ्नो गुटमा ल्याई आफैँ शक्तिशाली बनाउने प्रयत्न गरिरहेका छन् ।

उनको यो रणनीतिक कार्यले नेकपामा अहिले झै पूर्वएमालेकै वर्चस्व कायम रहनुपर्छ भनी गरिएको गृहकार्य हो । माधव नेपालसँग ओलीको मनमुटाव बढेसँगै गौतम ओली निकटस्थ भई उपाध्यक्षको पद प्राप्त गरिसेका छन् ।

जुन पूर्वएमाले समूहका कतिपय नेताको सक्रियतामै यो काम भएको छ । पूर्वएमाले समूहले माओवादीका नेताको विश्वास जितेका वामदेव गौतमलाई आफ्नो धारको बलियो स्तम्भका रूपमा विकास गर्ने रणनीति पनि हो यो । र,अर्को पूर्वएमाले धारले प्रचण्डलाई नेतृत्वमा आउन लगाएको विद्युतीय बार पनि हो ।

यसले राजनीतिक इतिहासमा कहिल्यै पनि दोस्रो वरीयतामा नबसेका प्रचण्डलाई नेकपाको गठनसँगै व्यवहारतः दोस्रो वरीयतामा राख्न सफल भएको एमालेले पुनः कानुनी रूपमै निरन्तरता दिन बनाएको रणनीति पनि हो यो ।

वामदेव गौतम पूर्वएमालेका भए पनि अध्यक्षनिकटस्थ रहेका नेता हुन् । उनी पार्टी एकता भएपछि जति एमालेसमूहकाले उनलाई नेताका रूपमा मान्छन् अझ त्योभन्दा बढी पूर्वमाओवादीका नेताले उनलाई मान्छन् ।

जसको फाइदा उठाइ ओलीले वामदेवलाई आफ्नो गुटमा ल्याएका हुन् ।

यदि ओलीले वामदेवबाट अपेक्षकृत लाभ हासिल गर्न सकेनन् भने वामदेव ओलीले बाइपास गर्ने कुरामा कुनै दुईमत छैन । जुन कुरा हिजो वामदेव आफैँले भोगिसेका छन् ।

अध्यक्ष प्रचण्डसँग कहिलेकाहीँ मनमुटाव हुने मनमुटावकोे प्रतिरक्षार्थ प्रचण्डसँग वामदेवलाई उभ्याउने ओलीको रणनीति पनि हो यो । र,अर्को कुरा ओली वामदेवलाई प्रचण्डविरुद्ध उभ्याइ पूर्वमाओवादीको नेताको वामदेवप्रतिको विश्वासलाई आफ्नो शक्तिमा रूपान्तरण गर्ने नीति पनि हो ।

अर्को कुरा पूर्वमाओवादी र एमाले मिली नेकपा बने पनि पूर्वएमाले समूहमा माओवादीप्रतिको हिजोको तुष थियो उक्त तुस मेटाउन पूर्वएमाले आज पनि लागिरेहको उसका कतिपय क्रियाकलापले देखाउँदै आएका छन् ।

यथार्थमा पूर्वएमाले समूह माओवादीलाई आफ्नो पार्टीमा वराबरीको हैसियतका रूपमा स्विकार्नुभन्दा पनि विलय गराउने रणनीतिक योजनाको तानाबाना बुनिरहेको छ ।

पूर्वमाओवादी र पूर्वएमालेलाई एकै ठाउँ ल्याइ नेकपा बनाउन महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम पूर्वमाओवादी र एमाले दुवै खेमाले मन पराएका व्यक्ति हुन् । यही कारणले ओलीले उनलाई हराउनका लागि प्रतिनिधिको चुनावमा अहम भूमिका खेलेको कुरा यसअघि स्वयं वामदेव गौतमले पटकपटक बताउँदै आएका छन् ।

तर, पछिल्लो समय आफूमा शारीरिक कमजोरीका साथै अन्य गुटगत रूपमा कमजोर र माधव नेतासँगको सम्बन्धमा आएको तिक्तताका कारणले उनलाई आफ्नो प्रतिरक्षार्थका लागि उनलाई खुसी बनाउन गरिएको चाला पनि हो ।

यो कुरालाई वामदेवले बुझ्न सक्नुपर्छ । कास्की २ मा हुने निर्वाचनमा आफै उठ्नुको सट्टा मृतक रवीन्द्र अधिकारीकी श्रीमती विद्यादेवी भट्टराईलाई नै उठाउन उनले पहल गर्दा नेकपामा रवीन्द्र अधिकारीको मृतआत्माले शान्ति पाऊला ।

जसले वामदेवको उचाइ बढाउन पनि मद्दत गर्छ । नेकपमा पूर्वएमाले धारले पार्टीभित्र आफ्नो वर्चस्व कायम राख्न दाहाल निकटस्थ मानिने गौत्तमलाई ओलीले एकाएक पार्टी उपाध्यक्षमा चयन गरेका छन् ।

जुन विषयमा उनी उपाध्यक्ष हुनुभन्दा अघि र उपाध्यक्ष भएपश्चात् पार्टीभित्र कुनै तहमा छलफल र कुराकानी भएको छैन ।

यसको सीधा अर्थ ओली–प्रचण्डले एकअर्काको आंशिक शक्ति आफुँमा रुपान्तरण भएको महसुस गर्नाले नै पार्टीभित्र उपाध्यक्षको पदबारे छलफल र बहस नभएको हो ।

तर, यथार्थतामा त्यसो नभई पूर्वएमाले धारले दाहाललाई कमजोर बनाउन रणनीतिक योजनाका साथ चालिएको प्रपञ्ज हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार