प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सांसद डा. अमरेश कुमार सिंहले केपी शर्मा ओलीपछि नेकपाबाट वामदेव गौतम प्रधानमन्त्री बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् ।

प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा नेता सिंहले यस्तो खुलासा गरेका हुन् ।

नेपालका नेता र कर्मचारीहरुको कारण संघीयताप्रति जनताको वितृष्ण बढेको उनको आरोप छ । उनले संघीयताले नेपालमा विनाश चाहीँ ननिम्त्याएको दाबी गरे । बरु, यसले नेपालमा आर्थिक अराजकता निम्त्याएको उनको बुझाई छ ।

फरक प्रसँगमा उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चिनियाँ राष्टपति सिको पथमा हिँडे मुलुकको लागि पनि दुर्भाग्य हुने खतरा औंल्याए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार