एजेन्सी– १६ वर्षीया स्विडिस किशोरी ग्रेटा थनबर्गको नेतृत्वमा सुरु भएको जलवायु परिवर्तनविरुद्धको ‘फ्राइडे फर फ्युचर’ अभियानले विश्वव्यापी रुप लिएको छ।

सेप्टेम्बर २० का दिन शुक्रबार संसारभर स्कुले विद्यार्थीहरुसहित लाखौँ मानिसहरु सडकमा ओर्लिएर ‘फ्राइडे फर फ्युचर’ अभियानमा सहभागि भएका छन्।

यस अभियान अन्तर्गत संसारभरका स्कुले विद्यार्थीहरु शुक्रबारका दिन विद्यालय छोडेर जलवायु परिवर्तनविरुद्धको अभियानमा सहभागी भएका हुन्।

ग्रेटा थनवर्गले स्वीडेनबाट सुरु गरेको यो अभियान यतिबेला विश्वव्यापी बनेको छ। एक जना १६ वर्षे किशोरीले सुरु गरेको अभियानमा अहिले सबै उमरेसमूहका मानिसहरुले साथ दिइरहेका छन्। ‘फ्राइडे फर फ्युचर’ अभियानले यतिबेला संसारको ध्यान खिच्न सफल भएको छ। थनबर्ग र उनको अभियानले ह्युमन राइट्स वाचको ‘एम्ब्यास्डर अफ कन्साइन्स’ अवार्डद्वारा सोमबारमात्र सम्मान हासिल गरेका थिए।

शुक्रबार जलवायु परिवर्तनविरुद्ध विश्वका विभिन्न शहरहरुमा र्‍याली निकालिएको छ। अमेरिका, अष्ट्रेलिया, जापान, ब्राजिल, युगाण्डा, कोलम्बिया, युरोपका अधिकांश मुलुकहरुसहित संसारभरका १५६ वटा देशका विभिन्न शहरहरुमा ठूलो संख्यामा मानिसहरु र्‍यालीमा सहभागी बनेका छन्।

सन् २००३ मा स्वीडेनमा जन्मिएकी ग्रेटा सन् २०१९ को नोवेल शान्ति पुरस्कारको लागि मनोनयनमासमेत परेकी छन्।

उनी अघिल्लो महिनामात्रै अमेरिका पुगेकी थिइन्। उनले अमेरिका पुग्नका लागि गरेको समुद्री यात्रामा सोलार प्यानलको प्रयोग गरिएको जहाजको प्रयोग गरेकी थिइन्।

यसै अभियानका लागि अमेरिका पुगेकी ग्रेटाले आगामी मंगलबार (सेप्टेम्बर २३) संयक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

युगाण्डा
अष्ट्रेलिया
बेल्जियमकाे ब्रसेल्स
जर्मनीकाे फ्र्याङफर्ट
ग्रीस
ह्यामबर्ग, जर्मनी
आयरल्याण्ड
म्यानचेस्टर, बेलायत।
वाशिङटन, अमेरिका।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार