फाइल फोटो ।

सत्ताधारी नेकपालाई प्रशिक्षण दिन चिनियाँ कम्युनिस्ट पार्टीको जम्बो टोली सोमबार नेपाल आउने भएको छ ।

‘नेपाल-चाइना फ्रेन्डसीप सिम्फोजियम’ नामको कार्यक्रम दुवै देशका कम्युनिस्ट पार्टीहरूको संयुक्त आयोजनामा हुने बताइएको छ ।

कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ तावको नेतृत्वमा करीब ४० जनाको टोली सोमबार काठमाडौं आइपुग्नेछ । केही नेताहरू आइपुगेको सत्ताधारी नेकपाले बताएको छ ।

कतिपयले चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई प्रशिक्षण दिन लागेको टिप्पणी गरेका छन् ।

शीले नेपाल भ्रमण गर्नुभन्दा पहिला नेपाली नेताहरूलाई आफ्नो विचारधाराको बारेमा प्रशिक्षण दिन लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत शुरू भएको छ ।

सोमवार र मंगलवार हुने संयुक्त अन्तरक्रियामा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार