विप्लव नेकपाका उपत्यका इन्चार्ज विश्वकर्मासहित दुई जनालाई ओली बादल प्रशासनद्धारा गिरफ्तार गरेर पारियो बेपत्ता पारिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा र बटला गिरफ्तार परेका हुन् । । केपी–पिके गृह प्रशासनले सोमबार दिउँसो विश्वकर्मा र बटलालाई गिरफ्तार गरी वेपत्ता गरेको समाचार प्राप्त भएको छ ।
तत्कालीन राज्यमन्त्री समेत रहेका विश्वकर्मा र बटालालाई नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले ललितपुरबाट गिरफ्तार गरेको हो । तर प्रहरीले भने औपचारिक रुपमा अहिलेसम्म केही बताएको छैन ।
नेकपाले बिक र बटलाको गिरफ्तारीबारे औपचारिक रुपमा केही नबताए पनि गिरफ्तार गरेर बेपत्ता पारेको बताउँदै सार्वजनिकको लागि मानव अधिकार, संचारमाध्यमहरुसँग आग्रह गरेको छ ।








