
नेपाल कम्युनिस्ट पार्टीले सिजीङ पिङको नीति अंगिकार गर्न लागेको हो ?
बिलकुलै होइन ।
नेपाल कम्युनिस्ट पार्टी चिनियाँ राष्ट्रपति सि जिङ पिङको पथमा गयो भन्ने हल्ला छ नि ?
यो मिडियाका गलत तत्वहरुले कुप्रचार मात्रै हो । हाम्रो पार्टी सि जिङ पिङको पथमा चल्ने कुरा आउँदैन । नेपाल कम्युनिस्ट पार्टी आफ्नै नीति, सिद्धान्त, कार्यदिशा र लक्ष्यका साथ विगत ७० वर्षदेखि नेपालमा क्रियाशील छ । यसले नेपाली समाजलाई आमूल परिवर्तन गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कारणले नेकपा सि जिङ पिङका विचारमा चल्ने होइन । सि जिङ पिङ विचार भनेको चिनियाँ कम्युनिस्ट पार्टीले विगत ७० वर्षदेखि जुन ढंगले समाजवाद निर्माण गर्ने बाटोमा अगाडि बढिरहेको छ । त्यसमा अगाडि बढ्दा माक्स र लेनिनवादका आधारभूत सिद्धान्तलाई चीनका वास्तविकतामा लागु गर्ने क्रममा उनीहरुले जुन कार्यदिश, नीति र सिद्धान्त विकसित गरेका छन् । त्यसलाई उनीहरु सि जिङ पिङ विचार भन्दछन् । सि जिङ पिङ थर्ट भनेको चिनियाँ कम्युनिस्ट पार्टीको विचारधारा हो । त्यो आधारमा नेपाल अगाडि बढ्ने भन्ने हुँदैन । त्यसरी नेपाल चल्दैन ।
नेपालको परराष्ट्र नीति कता छ ? तपाईंहरुले नेपाल युद्ध भूमि बनाउन खोज्नुभएको त होइन ?
यो गोष्ठी भनेको नेपाल कम्युनिस्ट पार्टी र चिनीयाँ कम्युनिस्ट पार्टीको गोष्ठी हो । यसमा चिनले आफ्नै कुरा राख्छ र नेपाल कम्युनिस्ट पार्टीले पनि आफ्नै कुरा राख्छ । यसमा हामी दुवैका आ–आफ्नै विचारधाराहरु छन् । आ–आफ्ना कार्यदिश, नीति र सिद्धान्त छन् । त्यसको आधारमा एक–अर्काबीच विचार र अनुभव आदानप्रदान गर्ने कुरा हो । विश्वका जोसुकैसँग पनि राम्रा कुराहरु सिक्न सकिन्छ । उहीहरुका अनुभवबाट हामी प्रेरित हुन सक्छौं । हाम्रा अनुभवहरु उनीहरुले लिन्छन् । यो पारिस्परिक सम्बन्ध हो । सिंगो विश्वमा यस्ता सम्बन्धहरु हुँदै आएका छन् । त्यसैको आधारमा हामी छलफल र सरसल्ला गरिरहेका छौं । तर, एउटा देशको पार्टीले अर्को पार्टीसँग उसैको सिद्धान्तमा चल्ने भन्ने कल्पना पनि गर्न सकिँदैन ।
देशको प्रधानमन्त्रीले अर्को देशको राजनीतिसँग जोडेर कम्युनिस्ट पार्टीको कुरा गर्नु उचित हो ?
दुईवटा कम्युनिस्ट पार्टीका नेताहरुले एकआपसमा बसेर विचार आदप्रदान गर्ने कुरा सामान्य हो । दुईवटा इन्डिपिन्डेन्ट कम्यनिस्ट पार्टीको बीचमा कुरा गर्नुलाई त्यति ठूलो मानिरहनु पर्दैन ।
भारतका नेताहरुसँग बसेर नेपालमा कस्तो नीति बनाउने भनेर छलफल गर्न सक्नुहुृन्छ ?
सकिन्छ । त्यसमा कुनै समस्या छैन ।
नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री बसेर नेपालमा विजेपीको नीति ल्याउने भनेर छलफल हुन सक्छ ?
मजाले सकिन्छ ।
चीनका प्रधानमन्त्रीको नेपालका प्रधानमन्त्रीले खुलेर प्रशंसा गर्नुभएको छ मिल्छ ?
मिल्छ । कुनै पनि देशले राम्रा कामहरु गरिरहेको छ भने तपाईंहरुका यी काम राम्रो छन् भनेर चीन, भारत, अमेरिका जुनसुकै मुलुकको प्रधानमन्त्रीको प्रशंसा गर्न मिल्छ । चीनमा झन्डै सात सय बिलियन मानिसहरु गरीवीको रेखामुनि थिए । त्यसलाई घटाएर सुन्यमा पुर्याउन थालेको छ । चिनमा गरिवी समाप्त हुँदैछ । उनीहरुको राम्रो जीवनस्तर बनेको छ । त्यसको प्रशंसा नगर्ने ? संयुक्त राष्ट्रसंघका महासचिवले चीनको खुलेर पशंसा गरेका छन् । संसारमै मानवअधिकार र गरिवी उन्मुलनको पक्षमा चीन अगाडि छ भनेर उनले प्रसंसा गरेका हुन् । त्यसको अर्थ संयुक्त राष्ट्रसंघका महासचिव चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य भए अब ? त्यो होइन कुनै एक देश अर्को देशबीचको सम्बन्ध स्वतन्त्रताका आधारमा हुन्छन् ।
सार्वभौम, क्षेत्रीय अखण्डता आधारमा हुन्छन् । यस्ता सम्बन्धहरुमा एकले अर्कोसँग सिक्ने आधारमा हुन्छन् । नेपाल क्रम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध अहिलेको मात्रै होइन । विगत १९५० देखिको सम्बन्ध हो यो । पुष्पलालकै पालादेखि हुँदैआएको छ । दुई देशको कम्युनिस्ट पार्टीबीच भाइचाराको सम्बन्ध छ । कहिलेकाहीं उत्तारचढाव भए पनि निरन्तर यो सम्बन्ध विकसित भइरहेको छ । त्यही सम्बन्धमा अहिले चिनीया कम्युनिस्ट पार्टीको डेलिगेसन अहिले नेपालमा छ । हामी उनीहरुसँग बसेर एक अर्को छलफल बहस गरिरहेका छौं । यसमा विचार र अनुभव आदानप्रदान गरिरहेका छौं । तर, एउटाले अर्कोको लाइन नै मान्ने कुरा होइन ।
रेडियो नेटवर्कका लागि ऋषि धमलासँगको कुराकानीको सानो अंश ।







