चिनियाँ कम्युनिष्ट पार्टी र नेपालको सरकारी कम्युनिष्ट पार्टी बीच संयुक्त प्रशिक्षण कार्यक्रम भएकोले विषयले अचेल नेपालको राजनीतिक बजार निकै तातेको छ ।

यसवारे छलफल गर्दा चीन परस्तता वा अन्य यस्तै यस्तै कुरामा अल्झिनु जरुरी छैन । सबै भन्दा पहिला माक्र्सवादी लेनिनवादीले के कुरामा प्रष्ट हुनुपर्दछ भने जेकुरालाई सि विचारधारा भनेर प्रचारित गरिएको छ त्यो विचारधारा होईन ।

त्यो उनको आफु सरकारमा गएपछी चीनको विकास , चीनिया कम्युनिष्ट पार्टीलाई गतिशील बनाउन र बाकी विश्वसंग आफ्नो बजार र सम्वन्ध विस्तारको योजना हो । यो आवधिक योजनाको काम सकिएपछी स्वतः अर्को योजना सुरु हून्छ । यस्तो योजना संसारका सबे पार्टी र सरकारसंग हुन्छन । यस्तो सामन्य विषयलाई विचारधारको नामाकरण गरेर प्रचार गरिनुनै वेठिक कुरा हो ।

सिले पार्टीको १९औ माहाधिवेशनमा १९४९सम्म जुन सम्बृद्ध समाजको परिकल्पनाका साथ योजना अगाडी सारेका छन यसले वैज्ञानिक समाजवादमा चीनलाई रुपान्तरण गर्दछ त? भन्ने गम्भिर प्रश्न खडा गरेको छ। चीनमा विकास भईरहेको पुँजीवादको विकासको अवस्थाले समाजवादमा संक्रमणको परिस्थितित निर्माण भएको देखिन्छ तर यसको निम्ति भिषण वर्ग संघर्षको बाटोबाट गुज्रिनु पर्ने निस्चित छ । चीन अहिले वैज्ञानिक समाजवाद की साम्राज्यवादमा रुपान्तरण हुने दोवाटोमा उभिएको छ । सिले यसवारे ल्याउने बिचारले नै सि विचारधाराको निर्धारण गर्दछ । माओ समकक्षमा राखिनु अहिले सुहाउने विषय हैन । सि बिचारधारावारे अहिले यत्ति।

जाहा सम्म प्रशिक्षणको प्रश्न छ यो चीनको कुटनीतिको सुन्दर प्रयोग हो । एकातिर सिको भ्मण र चिनियाँ सहयोगको निम्ति याचना गर्ने अर्कोतिर चीन विरोधी गतिबिधमा संलग्न हुने लम्पसारवादी सरकारी पार्टीको चरित्रलाई चित्रित गर्ने कलात्मक नाटक हो यो प्रशिक्षण । इण्डो प्यासिफिक वा बिमस्टेक जस्तो चीनलाई घेर्ने र एक्लाउने षडयन्त्रमा लम्पसार पर्न पुगेको सरकारी पार्टीलाई एक्सपोज गर्न आयोजित प्रशिक्षण र दुई पार्टीबीच दौत्य सम्बन्ध स्थापित गर्ने संझौताले उसका प्रभुहरुसंगको विश्वासको जग हल्लाई दिएको छ एकातिर भने अर्कोतिर लम्पसारवादीहरुका कलाविहीन कुटनीति तासको घर जस्तो बनेको छ ।

यो घटनालाई लिएर कााग्रेस लगायतका दलहरु निकै प्रफुल्ल बनेका छन् । आफ्नो मालिकले नया पार्टनरसंग सम्वन्ध बनाएर अफु सत्तावाट वाहिरिनु पर्दा परेको पीडा टार्ने अचुक अस्त्र जस्तो गरेर यसलाई ब्याख्या गरिरहेका छन् । कम्युनिष्ट प्रभाव बढेको वाहाना देखएर आर्शिवाद पाइने आशामा यो विषयलाई निकै बढाई चढाई प्रसारित गरिएको छ । सारमा यसले यथास्तिवादीहरु बीचको अन्तर विरोध बढाएको छ ।

सरकारी पार्टीको चरित्र उदांग पार्न मदतनै पुरयाएको छ र चीनले अव नेपालको मामलामा आफुपनि चुप नबस्ने संकेत दिएको छ । यसको नेपालको कम्युनिष्ट आन्दोलन र विश्व कम्युनिष्ट आन्दोलनसंग कुनै साइनो छैन नत यी दुई पार्टी बीचको सम्बन्ध स्थापना गरेको छ ।

ऋषि कट्टेलको फेसबुकबाट ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार