अछाममा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको एक कार्यक्रममा नेता कार्यकर्ताबीच झडप भएको छ ।सत्ताधारी नेकपा पञ्चदेवल विनायक नगरकमिटीको सपथ ग्रहण कार्यक्रममा झडप भएको हो।
नगरका पुराना नेताहरुलाई पार्टीको कुनैपनी तहमा नसमेटिएको भन्दै केहि नेता कार्यकर्ताहरुले पार्टीका जिल्ला अध्यक्ष शेर बहादुर कुँवर र जिल्ला सचिब झपट साउदमाथि चर्को नाराबाजी गरेका हुन। कार्यकर्ताले उनिहरुमाथि कुर्ची प्रहार गरेका छन्।
झडपका क्रममा ४ वटा कुर्ची भाचिएको नेकपाका एक नेताले बताए। स्रोतका अनुसार पार्टी नेता शेर बहादुर बुढा, जानकी रावल लगायतलाई पार्टीको भुमिका विहिन बनाएको भन्दै कार्यकर्ताहरु झडपमा उत्रिएका थिए।
कार्यक्रममा पार्टिका केन्द्रीय सदस्य तारामान स्वार, जिल्ला ईन्चार्ज शरदसिंह भण्डारी, प्रदेश सदस्य नन्द बहादुर कडायत लगायतका नेताहरु सहभागी थिए।







