नेकपालाई गाली यसकारण गर्नु हुँदैन किनकी कांग्रेस पनि राम्रो, योग्य र सफल छैन भन्ने कुरामा अव सत्यता छैन ।

किनकी जनतालाई के स्पष्ट भयो भने नेकपाले हरेक काममा नियन्त्रण गर्छ जाने पनि नजाने पनि कांग्रेसले त्यसको प्रवन्धन मात्र गर्छ ।फ रक यत्ति हो । वास्तविक गणतन्त्र भनेकै यहि हो । जुन नेकपाले बुझ्न सकेन ।

सरकारले जनतामाथि नियन्त्रण गर्छ भने चारै तिरबाट बाँधि रहेको हुन्छ तर प्रवन्धनमात्र गर्छभने व्यक्ति स्वतन्त्र हुन्छ । सके काम गर्छ नसके चित्त बुझाउँदछ । आफ्नो बुद्धि भित्रबाट संघर्ष गर्छ ।

नेकपा सरकारले गरेका हरेक क्रियाकलापलाई यदि गहिरिएर हेर्ने हो भने जनतामाथि चारै तिरबाट नियन्त्रण गरेको पाइन्छ । एकबर्ष अगाडी एउटा विश्व विद्यालयका कुलपतिलाई विदेश जान एयरपोर्ट पुगेको बेलामा प्रहरी लगाएर गिरगिर्‍याएर बालुवाटार ल्याइयो ।

अहिले त्यही कुलपति लतार्ने प्रहरीको प्रमुखलाई विदेश जान दिइएन । आखिर को रहेछ त स्वतन्त्र ।

उनीहरु विदेश जान हुन्छ वा हुँदैन सरकारले नियन्त्रण निर्धारण गर्ने होइन । यदि अनावश्यक गएको पक्का हो भने सम्वन्धीत संस्थामार्फत रोकिनु पर्नेमा प्रधानमन्त्री कार्यालयबाट रोकिनु पक्कै गणतान्त्रीक चरित्र हुँदै होइन ।

सरकारले अहिलेसम्म उट्पटाङ काम वाहेक केही काम गरेको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रममा जनतालाई ल्याएर तमासा देखाइयो ।

के सरकारले ति मानिसहरुबाट गराउन मिल्ने दिगो काम थिएन ? ४ वटा बेल्चा लिएर झार गोडेको फोटो शेयर कति ठिक वा वेठिक ?

उद्योग खोल्न सहयोग गर्ने हो भने सयौ जनाले रोजगारी पाउनेमा, उद्योगलाई अनेक विंगा लगाएर कर बढाएर लखेट्ने अनि राज्यको ढिकुटी सकेर आफ्नो भोट बढाउनका लागि रोजगारको त्यो तमासा नदेखाएर बरु घरेलु सेनेटेरी बनाउने काम दिएर पैसा दिने गरेको भए राम्रो हुन्थ्यो ।

सरकारले जनताका अगाडी फेसबुके काम गरेको छ तर वास्तविकरुपमा जनजीविकाका प्रश्नमा र देशको सन्तुलित बिकासको सन्दर्भमा काम गर्न सकेको छैन ।

‘वाइड वडी’मा ४ अर्ब र ‘फोर जी’ मा १२ अर्बको लेखापरीक्षण हुन सकेको छैन । यस्तो अवस्थामा नेकपाले अव चुनाव जित्न त्यति सहज छैन ।

त्यसैले नेकपाका नेताहरु कास्की २ बाट पन्छिन खोजेका छन् । किनकी विपक्षले वाइड वडिको फेहरिस्त मागेमा नेकपाले दिन मिल्ने ठोस जवाफ छैन ।

अनि के मुखले जनतासंग भोट माग्ने । गणतन्त्र राजतंन्त्रको भन्दा तामझाम छ शासकको , जनउत्तरदायित्व कतै छैन । अहिले सकारको शक्ति नेकपाका कार्यकर्ताको खल्ती खल्तीमा पुगेको छ ।

यस्तो अवस्थामा राष्ट्रपति जस्तो गरिमामय पदमा बसेको मानिसले सार्वजनिक सभामा सवैले सुनेका र बुझेका कुरा फिटिक्कै बुझिन भनेर त्यो पदमै बसेर राजनीति गरेको अवस्था छ ।

यि सवै घटना जोडेर अव विपक्षले जोडदार भण्डाफोर अभियान चलाउने हो भने नेकपालाई संकट पर्ने देखिन्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार