बेइजिङ्ग । चीनले मंगलबार बेइजिङ्गमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ ।

अक्टोबर १ का दिन चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० औं वर्ष पुग्दैछ । यस अवसरमा चीनले यसपालि विशेष हिसाबले वार्षिकोत्सव मनाउन लागेको हो । सो अवसरमा चीनले आफूले बनाएका हतियारको पनि प्रदर्शन गर्ने भएको छ ।

भोलिको वार्षिकोत्सव कार्यक्रम तियानमेन स्क्वायरमा गर्न लागिएको  छ । कार्यक्रममा विभिन्न ९७ मुलुकका १८८ मिलिटरी एट्याचीको पनि सहभागिता हुने जनाइएको छ ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ताले हालैको एक पत्रकार सम्मेलनमा चीनलाई आफ्नो मसलको प्रदर्शन गर्नु जरुरी नभएको तर शान्तिप्रेमी र जवाफदेही चीन प्रदर्शनमा देखाइएने जनाएका थिए ।

रक्षा मन्त्रालयका अनुसार भोलिको परेडमा १५हजार सेनाले भाग लिनेछन् ।  यसैगरी सो अवसरमा १६० वटा जहाज आकाशमा उडाइनेछ । यसपालि पहिलो पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिकपनि भाग लिने जनाइएको छ ।

८० मिनेट लामो मंगलबारको कार्यक्रममा चीनको ७० वर्षको प्रगतिको झल्को दिन खोजेको छ । मेजर जनरल तथा मिलिटरी परेड ज्वाइन्ट कमाण्ड अफिसका उपनिर्देशक तान मिनले हालै एक प्रेस ब्रिफिङ्गका क्रममा प्रदर्शन गरिने हतियार चीनमै बनेका हुने जनाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार