महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत् राजीजामा दिएका हुन् ।

महराले आफ्नो राजीनामा पत्रमा आफुमाथि लागेको आरोपमा सत्यतथ्य छानविन गर्न सहज होस् भनेर राजीनामा दिएको बताएका छन् ।

‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य निश्पक्ष र स्वतन्त्र छानविनका लागि अअनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रकृया नसकिदासम्मका लागि राजीनामा दिएको छु,’ महराको राजीनामामा भनिएको छ ।

सभामुख महरामाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौनदुव्र्यवहार गरेको आरोप लागेको घटना सोमबार सार्वजनिक भएको थियो ।

पीडित महिलाले महराले आफुलाई जर्वजस्ती गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार