
सत्तारुढ दलको विदेश नीति कस्तो पाउनुभएको छ ?
देशको स्वतन्त्रता र सार्वभौमिकतालाई प्राथमिकता दिएर आर्थिक नीतिलाई जोड दिनुपर्छ । तर, हाम्रो उत्पादन नै छैन भने कसरी व्यापार गर्छौं ? पहिले उत्पादन बढाउनुप¥यो । अनि मात्रै व्यापार हुन्छ । ल चीनले किन्दिन्छ, तर नेपालले के बेच्ने ?
नेपालसँग बेच्नलाई मालसामान नै छैन । श्रीलंकालाई दाल दिन भारतले रोकेको छ । बंगलादेशले नेपालसँग ढुंगा मागेको छ, दिँदैन । टिम्बर मागेको छ, भारतको भन्दा बढी पैसा दिए पनि दिँदैन । नेपाली तरकारी र सुन्तला खोजेको छ, दिएको छैन । एकै दिनमा बंगलादेशको ढाका पुग्छ, भारतले बाटो दिँदैन । सरकारले यस विषयमा बार्गेनिङ गर्दैन ।
भेनेजुयला हुँदै इन्डो–प्यासिफिकसम्म आइपुग्दा नेपाल सरकारसँग अमेरिका बिच्किएजस्तो देखिन्छ । यसलाई कसरी हेरिरहनुभएको छ ?
यो भारतले ट्रिक गरेको हो । प्रचण्डलाई भारतले फसाइदिएको हो । उहाँ दिल्ली जानुभयो । त्यहाँ कसले भेनेजुयलाबारे कुरा सिकायो । भेनेजुयलाको कुरा गर्नेबित्तिकै अमेरिका रिसायो, परराष्ट्रमन्त्रीलाई अमेरिका पठाएर सही गराइदियो ।
यो त ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री छँदै हस्ताक्षर भइसकेको रहेछ । अहिले नेकपालाई पनि सही गराएको मात्रै हो । रिसाउन दिएर न बोलाएको हो, यो भारतको ट्रिक हो ।
अन्नपूर्ण दैनिकसँगको कुराकानीको सानो अंश ।







