सभामुख कृष्णबहादुर महरालाई पार्टीभित्रैबाट षडयन्त्रको शिकार बनाएर राजनीतिक इतिहास सखाप पार्न खोजेको भन्दैं आफ्ना दुई छोरा निर्मल महरा एटम र राहुल महराले सामाजिक संजालबाट षडयन्त्रको चिरफार गर्ने कडा चेतावनी दिएका छन् ।

महराका दुईछोराले एउटा इमान्दार नेताको राजनीतिक इतिहास सिध्याउन षडयन्त्र गरिएको भन्दैं अब आफुहरुले नयाँ बाटो समाउने बताएका छन् ।

कडा शव्दमा निर्मल महराले फेसबुकमा लेखेका छन्, ‘समयले नया बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तकारीहरुसंग फेरि भेट हुने छ ।’

हेर्नुहोस्, निर्मल महराको स्टाटस –

राजनैतिक इतिहासमा जनताकै पक्षमा अपुर्व त्याग गरियो,अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ, आज ब्यक्ति हैन, आस्था र बिचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक संजालमा दृढतापुर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठ्नद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याइ षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सन्चारकर्मी, नेता,कार्यकर्ता, युवा, विद्यार्थी, बिपक्ष दलका मित्र हरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठुलो मौका पनि मिलेको छ ।
बुख्याछ्याहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने बिदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नया बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तकारीहरु संग फेरि भेट हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार