
विगत ७ दशकमा चीनको आर्थिक वृद्धिलाई चमत्कारका रूपमा वर्णन गरिन्छ, त्यसरी नै व्यापारमा पनि विस्फोटक बृद्धिको चमत्कार पनि कम छैन ।
लगभग थोरैं कामबाट सुरू गर्दै चीन ७० वर्षमा विश्वको सबैभन्दा ठूलो व्यापार राष्ट्र बन्यो ।
‘तथापि चीनले जनगणतन्त्र चीनको स्थापनाको ७० औं वार्षिकोत्सव मनाउने क्रममा यसले आफ्नो व्यापारका लागि चुनौतिहरूको एउटा श्रृंखला सामना गर्नुपर्यो ।’ चिनियाँ अधिकारी र विश्लेषकहरू भन्छन्, ‘आफ्नैं घरमा परिवर्तनको प्रक्रियासँगैं बढ्दो व्यापार संरक्षणवाद र विदेशी तनावकासँगैं ।’

‘चमत्कारिक’ वृद्धि
‘बितेको ७० बर्षमा हाम्रो देशले पृथ्वीलाई थर्काउने परिवर्तनहरू देख्यो र व्यापारले पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।’ वाणिज्य मन्त्री झोङ शानले बेइजिङमा हालैं आयोजित एक प्रेस वार्तामा भने, ‘विदेशी नाकाबन्दीकाबीच चीनको व्यापार ठूलो कठिनाइबाट शुरू भएर पनि चीन अहिले विश्वको सबैभन्दा ठूलो व्यापारिक देश भएको छ ।’
सन् १९५० मा जनगणतन्त्र चीन स्थापना भएको एक बर्ष पछि (चीनको कुल व्यापार खण्ड मात्र १.१३ बिलियन डलर मात्र थियो तर सन् २०१८ मा यो संख्या बढेर ४.६ ट्रिलियन डलर पुगेको छ । चीनले अहिले प्रत्येक वर्ष २ ट्रिलियन अमेरिकी डलरको सामान आयात गर्दछ ।
चीन विश्वव्यापी व्यापार सुशासनमा एक मुख्य खेलाडी र योगदानकर्ता भएको छ र बहुपक्षीय व्यापार प्रणालीलाई समर्थन गर्दै छ र डब्ल्यूटीओ सुधारको लागि जोड दिइरहेको छ । झोङले भने, “चीन विश्वव्यापी चरणको केन्द्रको नजीक आएको छ ।’
‘जब तपाइँले चीनको आर्थिक विकासको चमत्कारलाई हेर्नुहुन्छ, व्यापारले महत्त्वपूर्ण भूमिका खेल्छ । र आफैँमा भएको वैदेशिक व्यापार साँच्चिकै एउटा चमत्कार हो’, अन्तर्रा्ष्ट्रिय व्यापार तथा आर्थिक सहयोग समितिका एक शोधकर्ता बाई मिङ्गले भने ।
दशकौंसम्म चीनको आर्थिक वृद्धिका लागि व्यापार नै सबैभन्दा ठूलो सवारी चालक बन्न पुगेको छ यद्यपि जीडीपी वृद्धिमा यसको योगदान घट्दैछ । किनकि देश सेवाहरू र घरेलु खपतमा विशेष फोकस गर्दै उच्च गुणस्तरको विकासतर्फ अघि बढिरहेको छ । सन् २०१८ मा चीनको कुल जीडीपीको व्यापार ३८.२ प्रतिशत रहेको छ, जुन सन् २००० मा ६४.५ प्रतिशत कम थियो ।
विशाल श्रम शक्ति र विशाल स्रोत–साधन लगायतका चीनका आफ्नै फाइदाहरू बाहेक अधिकारीहरू र विश्लेषकहरूले सन् १९७० को दशकमा शुरु भएको बजार सुधार र खुलापन नीतिपछि चीनको व्यापारको तीव्र वृद्धि भयो, त्यो खासगरी सन् २००१ मा डब्ल्यूटीओमा देशको सदस्य भइसकेपछिको श्रेयपनि लिने गरिन्छ ।
‘सुधार र खुलापनले चीनको वैदेशिक व्यापारमा ठूलो सफलता हासिल गर्यो’, चिनियाँ व्यापारका पूर्व अधिकारी तथा विश्व व्यापार संगठन अध्ययनका लागि चाइना सोसाइटीका कार्यकारी काउन्सिलका सदस्य वे वेवेनले आइतबार ग्लोबल टाइम्सलाई भने ।
तर उनले तर्क गरे कि चीनको व्यापारलाई अभिवृद्धि गर्न डब्ल्यूटीओले ठूलो भूमिका खेलेको भए पनि सबैभन्दा महत्त्वपूर्ण चालक शक्तिहरू सुधार र खुलापन नीतिहरू थिए । ‘वास्तवमा चीनको वैदेशिक व्यापारको सब भन्दा द्रुत वृद्धि १९७० को दशकमा भएको थियो, जो विश्व व्यापार संगठनमा सामेल हुनु अघि’ उनले भने ।

बढ्दो चुनौतीहरू
‘चीनले व्यापारमा द्रुत बृद्धिलाई निरन्तरता दिइरहेको छ र विश्वव्यापी व्यापारमा प्रबल खेलाडी भए पनि यसका चुनौतीहरू धेरै छन् ।’ अधिकारी र विश्लेषकहरूले भने ।
‘विदेशी व्यापारले बाह्य र आन्तरिक दुबै अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको छ’ झोङले भने, ‘चिनियाँ कम्पनीहरू धेरै दबावमा छन्, विशेष गरी व्यापार तनावको प्रभावबाट ।’
एक वर्षभन्दा बढी भइसकेको छ अमेरिकासँगको व्यापार युद्धमा चीन गतिहीन छ र यसले पहिले नै ढिलो गर्दै गइरहेको व्यापार र आर्थिक बृद्धिमा पर्याप्त दबाब दिएको छ । यद्यपि अधिकारीहरूले वार्तालाई निरन्तरता दिइरहेका छन्, तर कुनै स्पष्ट अन्त देखिदैन ।
‘चीनले व्यापारमा धेरै चुनौती र तनावको सामना गर्नुपर्नेछ भन्ने कुरामा कुनै शंका छैन’ उनले भने, ‘चीनले विश्वव्यापी व्यापारमा नेतृत्व लिने क्रममा अरुको ‘केकको हिस्सा’ पनि संकुचन हुन सक्छ र यसले प्रतिरोधको बाटो पुर्याउँछ । हामीले यी समस्याहरूबाट जोगिनु हुँदैन बरु हामी सक्रिय हुनुपर्दछ र सबैका लागि ठूलो केक निर्माण गर्ने प्रयास गर्नुपर्छ ।’
यी चुनौतीहरूको सामना गर्न चीनले ‘बेल्ट र रोड इनिसिएटिभ’का साथै अन्य उदीयमान बजारमा आफ्नो बजार विस्तार गर्दै स्थिर विकासको सुनिश्चित गर्न आफ्नो बजार खोल्न जारी राख्नु पर्नेछ’, झोयलनले भने ।







