सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन प्रकरणबारे व्यक्तिले गरेको गल्तीको भागीदार स्वयम व्यक्ति नै हुने प्रतिक्रिया दिएका छन् ।
उनले भने,“व्यक्तिले गरेको गल्तीको भागीदार स्वयं व्यक्तिनै हुन्छ, पार्टी भनेको ठूलो महत्व बोकेको संवेदनशील सङ्गठीत संस्था हो”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरद्वारा चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) न्यायपूर्ण सोचाइ, दृष्टिकोण, समतामूलक विकास गर्ने राजनीतिक इच्छाशक्ति भएको पार्टी भएको दाबी गरेका छन । आर्थिक रुपान्तरण, मुलुक परिवर्तन, सुख–शान्ति समाजवाद स्थापनाका लागि पार्टीले काम गर्ने उनले बताए ।
उनले आगामी तीन वर्ष्भित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका छन् ।







