यौनकाण्डमा कृष्णबहादुर महराको पद गुमेपछि नयाँ सभामुख छान्नका लागि गृहकार्य सुरु भएको छ ।

संसदकै एक कर्मचारीले बलात्कारको आरोप लगाएपछि महराले राजिनामा दिएका थिए । राजिनामा बुधबार स्वीकृत भएको छ ।


अब संसदमा नयाँ सभामुखको निर्वाचन हुने छ । जसमा नेकपाबाटै नयाँ नयाँ सभामुख चयन हुने पक्का छ ।

संविधान सभामुख र उपसभामुख एकै दलको नहुने भएकाले एक पद नेकपाले गुमाएको भएको छ । विगतमा एमाले र माओवादी हुँदा फरक पार्टीबाट चयन भएको थियो ।

अब संसदको हिउँदे अधिबेशनमा सभामुखको निर्वाचन हुने छ । हिउँदे अधिबेशनको मंसिरको अन्तिममा सुरु हुने सम्भावना छ ।

उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फे पनि सभामुख पदकी दाबेदार हुन् । महिला भएको कारण उपसभामुलाई अधिकार नदिएको भन्दै उनी असन्तुष्ट छ ।

त्यस्तै पूर्व सभामुख सुवास नेम्वाङलाई पनि भावी सभामुखका पनि नेकपाभित्र चर्चा सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार