चीनले राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ ।

चिनियां विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारीक जानकारी दिएको हो । चिनियां विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्रालयले समेत प्रेस विज्ञप्ती जारी गर्दै चिनिंया राष्ट्रपति सी को नेपाल भ्रमणको पुष्टि गरेको छ ।

यसअघि यही मितिमा सी को भ्रमण हुने समाचार सार्वजनिक भएपनि चीनबाट त्यसको आधिकारीक जानकारी आएको थिएन् । चिनियां राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

नेपाल र भारत दुवै देशमा एक –एक रात बिताएपछि १३ मा उनि वेइजिङ फर्कनेछन् । सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । सरकारले उनको भ्रमणको भव्य तयारी गरेको छ ।

नेपाल भ्रमणको क्रममा चिनियां राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चिनियां राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।

भ्रमणअघि चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा भनेका छन्, ‘यो ऐतिहासिक भ्रमण हो । यो भ्रमणले महत्व र प्रभाव पनि ऐतिहासिक नै हुनेछ ।’

बेल्ट एण्ड रोड इनिसिएटिभ -बीआरआई) अन्तरगत ट्रान्स हिमालय केनेन्टिभिटी प्रोजेक्टहरु छन् । उपमन्त्री लुओकाअनुसार सीको भ्रमणले नेपाल चीन द्वीपक्षीय सम्बन्धको राजनीतिक आधार अझ मजबुत बनाउनेछ भने बीआरआई अन्तरगतका विकास आयोजनाहरुको खाका पनि बन्नेछ ।

दुबै पक्षले बीआरआर सहकार्यलाई मजबुत बनाउने र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कलाई गति दिने समेत उपमन्त्री लुओले बताएका छन् ।

सीको भ्रमणका क्रममा बन्दरगाह, रेल र सडक सञ्जालबारे महत्वपूर्ण सहमति जुट्ने विश्वास लिइएको समेत चिनियाँ उपमन्त्रीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार