
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा उनको भित्री सुरक्षा चिनियाँ जनमुक्ति सेनाले गर्ने भएको छ ।
त्यसका लागि सीको सुरक्षामा अहिलेबाटै कडाइ गरिएको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने बताइएाको छ । तर राष्ट्रपतिको भित्री सुरक्षाको लागि चिनियाँ जनमुक्ति सेनाको टोली सँगै आउने बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।
त्यस्तै विभिन्न पार्टीका वरिष्ठ नेताहरुसँग पनि सीले भेटवार्ता गर्ने जनाइएको छ ।







