बलात्कार पीडित भनिएकी रोशनी शाहीले आफ्लाई प्रहरीले ३ घण्टा मानसिक दबाद दिएर पूर्व समाभुख कृष्णबहादुर महराविरुद्ध उजुरी हाल्न दबाब दिएको भन्दैं प्रेस नोट सार्वजनिक गरेकी छिन् ।

शुक्रबार शाहीले एउटा प्रेस नोट जारी गरेर असोज १५ गते आफुले जे तथ्य बाहिर लिएको हो, त्यही नैं सत्य हो भन्दैं उनले महरा पूर्णत निर्दोष रहेको बताएकी छिन् ।

‘असोज १७ गते राती ८४५ बजे प्रहरी बृत वानेश्वरले मलाई सोधपुछका लागि बनेर बोलाई तीन घण्टासम्म बन्धक बनाई मनोवैज्ञानिक तथा मानसिक दबाब दिई कृष्णबहादुर महराले करणी प्रयास फेरि निवेदन दर्ता गर्न लगाइएको हो ।’ रोशनीले प्रेस नोटमा भनेकि छिन् ।

साथैं आफ्नो कमजोरीको फाइदा उठाउदैं केही मिडिया र युटुबेहरुले गलत समाचार सम्प्रेषण गरिरहेको भन्दैं उनीह्रुलाई साइबर क्राइमअन्तर्गत कार्वाही गर्न मुद्धा चलाइने समेत चेतावनी दिएकी छिन् ।

रोशनीले कमजोरीमाथि टेकेर आफ्नो अन्तर्वार्ता छाप्ने पत्रकार अजयबाबु शिवाकोटीलाई मुद्धा हाल्ने अर्को चेतावनी दिएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार