
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले चिनियाँ राष्टपति सि जिन पिनको नेपाल भम्रण असफल बनाउन सरकारभित्रकैं मान्छेहरु लागिपरेको आरोप लगाएका छन् ।
सामाजिक संजाल फेसबुुकबाट नेपालले अहिलेको सरकार इन्डो वेष्ट पक्षकैं भएको भन्दैं सरकारभित्रकैं मान्छेहरु सिको भ्रमण बिथोल्न लागि परेको आरोप लगाएका छन् ।
भ्रमणका क्रममा राजधानीमा सिको स्वागतमा तयार पारिएका गेट र ब्यानरहरु च्यातिनु त्यो सरकारभित्रकैं मान्छेको षडयन्त्र हुन सक्ने फनिन्द्र नेपालको आरोप छ ।
नेपालका राष्ट्रपतिले निमन्त्रणा गरे पनि चीनका राष्ट्रपतिले ठूलो दायित्वबोध गरेर आफ्नै निर्णयमा नेपाल भ्रमण गर्न लागेका हुन् । त्यसैले सीको पूर्वघोषित भ्रमणबाट पश्चिमा र भारत दुवै अत्तालिएका हुन् । अहिलेको सरकार पनि इन्डो वेस्टर्न पक्षकै हो । त्यसैले सरकारभित्रकै केही मन्त्री र सरकारी पदाधिकारीहरू चिनियाँ राष्ट्रपतिको भ्रमण बिथोल्न भित्रभित्रै लागिपरेका छन् । स्वागतमा राखिएका पोस्टर कसले च्यातेको हो , नेपाल प्रहरीले १ घन्टामा पत्ता लगाउन सक्छ तर डलर खानेहरूले सकेसम्म छानबिन गर्न दिनेछैनन् ।
सी को नेपाल भ्रमण इन्डो वेस्टर्न शक्तिका लागि जीवन मरणको चुनौती भएको छ । भारतीय संस्थापन पक्ष पनि बौलाउन सक्छ । त्यसैले काठमाडौंमा जुनसुकै बेला जे पनि हुन सक्छ ।
नेपाल प्रहरी चौबीसै घन्टा आठै प्रहर चनाखो बस्नुपर्छ ।
जय ग्रेटर नेपाल !








