जब हामी सन् २०१९ को अन्तिम त्रैमासिक (दशकको अन्त्य) मा प्रवेश गर्दैछौं । चक्रीय सूचांकहरूले व्यापक रुपमा संरचनात्मक चुनौतीहरूका बीच सुस्त विश्व अर्थतन्त्रको संकेत गरेको छ ।

जस्तो कि पुरानो उखानैं छ, ‘कसैले पनि संकट खेर फाल्नु हुँदैन ।’ विश्वव्यापी व्यापार तनावको सबैभन्दा नराम्रो असर महसुस गर्ने देशहरूमध्ये जर्मनी हो, जहाँ नीति निर्माताहरूले अन्ततः उत्पादकत्व बृद्धि गर्न, लगानीमा आधारित वित्तीय प्रोत्साहनको लागि स्पष्ट आवश्यकतालाई जगाइरहेका छन् । यसैगरी ब्रेक्जिटले निम्त्याउने सबै अव्यवस्थाअन्तर्गत बेलायतले आफ्नो वित्तीय प्रोत्साहन विकल्पहरू पनि हेरिरहेको छ । त्यसैगरी चीन पनि छ, किनकि उसले व्यवधान र आपूर्ति श्रृंखलामा बाधा पुर्याउने जोखिम कम गर्ने उपायहरू खोजिरहेको छ ।

विश्वव्यापी नीति निर्माताहरूले यो महसुस गर्न लागेका छन् कि आर्थिक नीति समर्थनका लागि केन्द्रीय बैंकहरूमा लगातार निर्भर गर्नु न त बुद्धिमानी हो न संभव छ । आजको विद्यमान परिस्थितिमा केही अवस्थामा नकारात्मक ब्याज दरहरू, बोझलाई मौद्रिकबाट वित्तीय नीतिमा सार्ने मामला बढी प्रस्ट देखिन्छ ।

यस महिनाको शुरूमा यूरोपेली केन्द्रीय बैंकले ब्याज दर कटौती र क्वान्टेटिटिभ इजिङ (मात्रात्मक सहजता)–(क्यूई) को अर्को चरणपछि लाग्ने निर्णय गरेको छ । यो कदमले विश्व बजार बजारमा तीव्र बिक्री हुने गतिलाई देखाएको छ । यद्यपि यस निर्णयको घोषणा गर्दै, ईसीबीका अध्यक्ष मारियो ड्रगीले अहिले थप वित्तीय नीतिगत उपायका लागि आग्रह गर्ने घोषणा गरेका छन् ।

त्यसो गर्नु सही थियो । यद्यपि एक व्यक्तिले सोच्न सक्छ कि उसले थप लाभ उठाउँदा के फाइदा अपेक्षा गर्दछ ? अति कम ब्याज दरहरू पहिले नै लगानी वा उपभोक्ता खर्च बढाउन असफल भएको छ । (क्यूई) को सवालमा सन् २००८ को संकटपछि शुरू भएको अपरंपरागत मौद्रिक नीतिमा फर्किने पश्चिमी लोकतन्त्रलाई नै सामाजिक र राजनैतिक समस्यामा पार्दछ । जे भए पनि यो सबैलाई राम्रोसँग ज्ञात छ कि त्यस्ता नीतिहरूको फाइदाहरू धेरै जसो धनी परिवारहरूलाई प्राप्त हुन्छ जुनसँग पहिले नै महत्वपूर्ण आर्थिक पकड छ ।

यसैबीच चीनबाट आएको मासिक तथ्या्कले त्यहाँको निरन्तर मन्दीको थप प्रमाण प्रस्तुत गर्दछ, निर्यातमा न्युनताले स्पष्ट पार्छ कि संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्धले ठूलो गति लिएको छ । सायद यसै कारणले चिनियाँ नीतिनिर्माताहरूले घरेलु लाभ उठाउन (गत वर्षको प्राथमिकता) लाई निरुत्साहित गर्ने नीतिलाई सहज बनाएका छन्, ताकि विकासलाई समर्थन गर्ने कुरामा ध्यान केन्द्रित गर्न सकिन्छ ।

जर्मनीमा मन्दी समान रुपमा त्यस्तै स्पष्ट छ । निर्यातमा यसको अत्यधिक निर्भरताका कारण जर्मन अर्थतन्त्र दृढ घरेलु माग (जर्मनीको न्यून मापदण्डहरूद्वारा) को बावजुद मन्दीमा रहेको छ ।

मैले लामो समयदेखि तर्क गरें कि जर्मनीको अर्थव्यवस्था संरचनात्मक रूपमा राम्रो देखिंदैन । यसको नीतिमा केन्द्रित परिवर्तन धेरै बितिसकेको छ । एक दशक भन्दा बढीका लागि जर्मनीले एक संकीर्ण वित्तिय ढाँचा पालन गर्यो र सरकारी ऋण घटाउनमा निरन्तर ध्यान केन्द्रित गर्यो । तर अब जर्मन नीति निर्माताहरूले पनि परिवर्तनको आवश्यकतालाई बुझेका छन् । देशको १० वर्षे अनुबन्ध उत्पादन शून्य भन्दा राम्रो छ, यसको ऋण जीडीपी अनुपात ६० प्रतिशत भन्दा कम छ । चालू खाता बचत बाँकी छ (जीडीपीको ८ प्रतिशत) र यसको पूर्वाधार खस्कँदै गइरहेको छ ।

सन् २००८ देखि अमेरिकाको चालू खाता घाटा जीडीपीको ३ प्रतिशतले गिरावट आएको छ । र चीनको जीडीपीको १० प्रतिशतबाट झन्डै शून्यमा झरेको छ । यद्यपि जर्मनीको बाह्य असंतुलन बढ्दै गएको छ । समग्रमा युरोजोनको स्थिरता खतरामा छ । एक प्रमुख जर्मन वित्तीय विस्तारले यो प्रवृत्तिलाई उल्टाउन सुरू गर्न सक्दछ । यसले निजी लगानी र उपभोगका लागि सकारात्मक गुणक प्रभाव पनि पार्दछ, जसले गर्दा अन्य संघर्षरत युरोजोन सदस्यहरूका लागि निर्यात अवसर सिर्जना हुन्छ । यसबाहेक जर्मनीको वित्तीय नीति दृष्टिकोणमा परिवर्तनले युरोजोन वित्तीय नियमको ढिलापनका लागि ढोका खोल्न सक्छ । युरोपेली सरकारहरूले अर्थव्यवस्थामा अझ बढी सक्रिय भूमिका खेल्ने विकल्प हुनु आवश्यक छ, ताकि उनीहरूले दीर्घकालीन विकासको स्रोतमा लगानी गर्न सक्नेछन् र बिखण्डनको प्रक्रियाको नेतृत्व गर्न सक्नेछन् ।

बेलायततर्फ फर्कनुपर्दा ब्रेक्सिट बाहिरका दुई मुद्दाहरू ध्यान पाउन योग्य छन् । सर्वप्रथम, हालसालै स्थापित प्रधानमन्त्री बोरिस जोनसनले इं्ल्यान्डको उत्तरमा ठूलो भाषण दिइसकेका छन् र भौगोलिक रूपमा लक्षित विकासको ‘उत्तरी पावरहाउस’ मोडेललाई समर्थन गर्ने संकेत गरेका छन् । निश्चित हुनको लागि धेरै जना अर्को चुनावअघि आफ्नो आधार र्याली गर्न उत्तेजक चालको रूपमा जोनसनले उत्तरलाई अंगालो हालेको बुझ्न सकिन्छ् । तर निश्चय पनि जोनसन र उनका सल्लाहकारहरू यति बेवकूफ छैनन् कि मानौं कि भोट सजिलै किन्न सकिन्छ । यसका साथै उत्तरको दीर्घकालीन संरचनात्मक चुनौतिहरू समाधान गर्नु र यसको उत्पादकत्व बृद्धि गर्नु ईयूसँगको व्यापार सम्बन्ध भन्दा बेलायतको अर्थव्यवस्थाका लागि अझ महत्त्वपूर्ण छ ।

दोस्रो एक्सेक्वेयर साजिद जाविदको भर्खरको खर्च समीक्षाले बेलायतको वित्तीय नीतिमा परिवर्तन ल्याउनेछ । कम ब्याज दर र गत दशकमा वित्तीय घाटाको तीव्र संकुचनको कारण, जाविद विश्वास गर्छन् कि यो समय देशको विशाल घरेलु पूर्वाधार आवश्यकताहरूलाई सम्बोधन गर्ने समय हो । उनले नयाँ वित्तीय नियमको सुझाव दिएका छन्, ऋणको स्तरमा भिन्नता राख्न र लगानी खर्चलाई समावेश नगर्न सुभाव दिन्छन् ।

आजको परिस्थितिलाई ध्यानमा राख्दै यस्तो नियमले बेलायतका लागि मात्र नभई युरोपियन युनियन, जर्मनी र अन्य धेरै देशहरूको लागि पनि धेरै अर्थ राख्छ ।

प्रोजेक्ट सिण्डिकेटको सहकार्यमा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार