१४ अक्टोबर २०१९को अमर उजाला नामक भारतीय पत्रिकाको अनलाइन संस्करणमा चिनियाँ राष्ट्रपतिले नेपालमा बोलेको भनी केही कुराहरुलाई समावेश गरेको छ ।

उक्त पत्रिकाका अनुसार चीनका राष्ट्रपति सि जिनपिंग र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बीच मुख्य रुपमा निम्न कुरा भएका थिए भन्ने उल्लेख गरेको छ ।

  •  नेपालको जमिनबाट चीनका राष्ट्रपतिले तिब्बती शरणर्थी र उनीहरुको सर्मथकलाई चेतावनी दिए ।
  •  दलाईलामा समर्थक तिब्बतीहरुलाई रोक लगाउन दबाव दिए ।
  •  भारतले दलाई लामालाई शरण दिएको र तिब्बतको निर्वासित सरकारलाई मान्यता दिएको छ । नेपालमा तिब्बत छोडेर करिब २० हजार शरणर्थी आएका छन् ।
  •  चीनलाई बाड्न कोशीस गर्नेलाई थिचिने छ दवाइने छ ।

यी वाक्य नेपालका प्रधानमन्त्रीसंग गोप्य वार्तामा भनिएको हो भनी त्यो पत्रिकाले दावि गरेको छ । यो कुरा भए नभएको बारेमा नेपालका ठूला मिडिया मौन प्रायः देखिन्छ तर खवर भारतमा छापिन्छ किन र कसरी ?

यदि औपचारिक अनौपचारिक रुपमा भनिएकै हो भने पनि यो चीन र नेपालको आन्तरिक कुटनीतिको विषय हो । यस्तो कुरा भारतीय पत्रिकालाई कसरी जानकारी भयो ।

पाहुना राष्ट्रपति र प्रधानमन्त्रीले कुरा गर्ने ठाउँमा सामान्यतया कोही हुँदैन । यदि दोभाषिया राखिन्छ भनेपनि पुर्णरुपमा विश्वासिलो मानिसलाई राखिन्छ भने यि माथि उल्लेखित वार्तांशहरु कसरी भारतको पत्रिकाले थाहा पायो ?

यदि पत्रिकाले यी कुराहरु आधिकारिकारिक प्रमाण सहित लेखेको हो भने नेपालको गंभिर गोप्यता चुक हो ।

हुन के पनि सक्छ

भारतीय पत्रिकाले यि कुराहरु काल्पनिक रुपमा पनि लेख्न सक्छ । किनकी तिब्बतका ८४ बर्षिय दलाई लामा लामो समयदेखि हिमाचल प्रदेशको धर्मशालमा निर्वासित जीवन विताई रहेकाछन् । उनलाई विश्व शान्तीको नोवेल पुरस्कार पनि दिइएको छ ।

अहिले पनि ठूलोसंख्यामा तिब्तीयन नेपालमा छन् र प्रत्येकबर्ष दलाईलामाका अनुयायीहरु तिब्बतबाट सीमा पार गरेर नेपालको बाटो सिमलाको धर्मशालामा दर्शन गर्न पुग्दछन् ।

यहिकुरालाई आधार बनाएर अनुमानित खबर छापिएको पनि हुन सक्छ । अन्यथा यस्ता गोप्य कुराकानी पनि अर्को देशको पत्रिकाले छाप्नुु अति गंभिर बिषय हो ।

नेपालले तिब्बत र ताइवान दुवै चीनको आन्तिरिक मामिला हो भन्ने मान्यता राख्दछ । यहि कारणले भारतले के सोच्दछ भने चीनले नेपाललाइ जहिले पनि तिब्बती शरणर्थीलाई प्रत्र्यपण गर्न लगाउँदछ ।

त्यो कुरा पनि नेपाल र चीन बीचको विषय हो वा होइन । यस विषयमा भारतले थाहा पाउनु आवश्यक बिषय होइन ।

यसरी दुईदेश बीचका शिखर शासक बीच भएका कुराकानी फटाफट लिक हुनु अति गंभिर बिषय हो । सरकारले अव सिंहदरवारका प्रत्येक भित्ताहरु चेक गर्नु पर्ने बेला आएको त होइन ।

प्रसादराम

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार