
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ परेका छन् ।
नेपाल-भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोलास्थित जंगलमा पार्टीको बैठक चलिरहँदा दाङ प्रहरीले नियन्त्रण लिएको बताइएको छ ।
बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार राति १ बजेतिर पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको नेकपाले जनाएको छ।
वीरजंग केन्द्रीय सदस्यका साथैं महासचिव विप्लवका दाई हुन्।







