नेकपाका महासचिव विप्लवले दाङबाट केन्द्रीय सदस्य बीरजंगसहित २१ नेता कार्यकताको गिरफ्तारको कडा शव्दमा विरोध गर्दै तत्काल रिहाइ गर्न माग गरेका ।

विहीबार महासचिव विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट केपी वली सरकारले पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवाससहित सबै नेता कार्यकर्तालाई महासचिव विप्लवले तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी पनि दिएका छन् ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ –

‘गए राति केपी वलीको फासिवादी सरकारले हाम्रो पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज कमरेड वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज कमरेड सुवास, ब्युरो सदस्यहरू कमरेड सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको छ । उक्त सामाजिक फासिवादी गिफ्तारीको पार्टी घोर विरोध एवम् भत्र्सना गर्दछ ।’

महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन् । जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद—साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ताहरू यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौँ । यसका लागि हामी तयार हुँदैनथ्यौँ भने माओवादी पार्टीको खरानीबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति जन्माउन सम्भव हुने थिएन । हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरू स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन । जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ ।’

विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार