नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

कार्तिक ३ गते जुलुस र प्रदर्शन, कार्तिक ५ गते कोणसभा र पिंढीसभा, कार्तिक ७ गते ओलीको पुत्ला दहन, कार्तिक ९ गते विरोध प्रदर्शन, कार्तिक १५ गते मसाल जुलुस र कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दरलाई गिरफ्तार गरेको थियो ।

त्यसैगरी रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको थियो ।

महासचिव विप्लवले सामाजिक फासिवादी केपी–पिके सरकारले यी नेता कार्यकर्ता रिहा नगरे कडा प्रतिरोध गरिने चेतावनीसमेत दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार