गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले यहि मंसिरमा हुने उप–निर्वाचनलाई हड्तालसहितको बहिष्कार गर्ने निर्णय गरेको बताएको छ ।

शनिबार संवाद डबलीमा बसेको केन्द्रीय समितिको बैठकमा एकमतका साथ सो निर्णय पास भएको महासचिब कर्णजित बुढाथोकीले बताए ।

गौशालस्थित पार्टी केन्द्रीय कार्यालयमा असोज ३० गते पदाधिकारी र कार्तिक १ गते पोलटब्युरो बैठकले मुख्य त उप–निर्बाचन तथा पार्टी एकताको विषयलाई केन्द्रीय समितिमा घनिभूत छलफल भएको जनाएको छ ।

६५ सदस्यि केन्द्रीय समिति रहेको उक्त पार्टी बैठकमा मुलत वर्तमान सरकारको जनविरोधी गतिविधीको भण्डाफोर गर्नु पर्ने विषयमा जोड दिइएको बताइएको छ ।

केन्द्रीय सदस्यहरुले रिर्पोटिङका साथै पार्टी सुदृढीकण र संगठन विस्तार गर्ने र वैद्य,विप्लव लगायतका क्रान्तिकारी शक्तिहरुसंगको एकतालाई मुल एजेण्डालाई पनि समर्थन गरेको जनाईको छ ।

गत असोज २ गते सरकारलाई दिइएको १८ बुँदासहितको एक महिने अल्टिमेटम पत्रको सुनुवाई नगरेको कारण पनि उपनिर्बाचनलाई वहिष्कार गर्नु परेको पनि बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार