सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एक्लो महसुस गर्न थालेका छन् । पार्टीभित्र अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा आफूलाई छायामा पारेको महसुस प्रचण्डले गर्न थालेको उनी निकटस्थहरू बताउँछन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘स्वेच्छाचारी’ ढङ्गले अघि बढेको भन्दै प्रचण्डले पूर्वएमालेका नेताहरूसँग गुनासो गर्न थालेको नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् ।

स्रोतका अनुसार केपी ओली दोस्रोपल्ट ९भदौ ५ देखि २० सम्म० सिङ्गापुरबाट उपचार गरेर फर्किएयता प्रचण्ड निकै तनाबमा छन् । ओली सिङ्गापुरबाट फर्किएपछि कार्यकारी अध्यक्षको भूमिका आफूले पाउनेमा प्रचण्ड आशावादी थिए । उनले आफूनिकटकालाई ब्रिफिङसमेत गरेका थिए । त्यसैले स्कुल विभाग पूर्वएमाले खासगरी ईश्वर पोखरेललाई दिन राजी भएका थिए । ओली उपचारमा जानुपूर्व सचिवालयले महत्त्वपूर्ण निर्णय ९वामदेवलाई उपाध्यक्ष प्रस्ताव गर्नेदेखि, झलनाथलाई वरीयतामा माथि ल्याउनेसम्म० गरेको थियो । एकल अध्यक्षको जिम्मेवारी पाउने लोभमा परेका प्रचण्डले ओलीको प्रस्तावमा असहमति जनाएनन् ।

तर सिङ्गापुरबाट फर्किएपछि एकल अध्यक्षको जिम्मेवारी दिने त कता हो कता मन्त्रिपरिषद् हेरफेरसमेत गर्न आनाकानी गरेपछि प्रचण्डले ‘ठगिएको’ महसुस गर्न थालेको उनी निकट नेता बताउँछन् ।

स्रोतका अनुसार प्रचण्ड अहिले तनावमा छन् । र, कार्यक्रमैपिच्छेका असन्तुलित अभिव्यक्तिहरू त्यसैका उपज हुन् ।

एकतामा आलटाल 

अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीलाई ‘आत्मकेन्द्रित’ भनेर सार्वजनिकरूपमै टिप्पणी गर्न थालेका छन् । गत बिहीबार धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई दिएको प्रशिक्षण कार्यक्रममा एकता नटुङ्गिएको भन्दै रोष प्रकट गरे ।

तीन महिनाभित्र एकता पूरा गर्ने भनेर २०७५ जेठ १६ मै अन्तर पार्टी निर्देशन ९अपानी० जारी गरिएको भए पनि लम्बिएर १५ महिना पुगेकाप्रति उनको आक्रोश थियो ।

“हामीले ३ महिनामा पूरा गर्छौं भनेको पार्टी एकता डेढ वर्षमा पनि किन गर्न सकेनौं रु,” दाहालले ओलीतिर लक्षित गर्दै भने, “हामीले ३ महिनामा सक्छौं भनेको कुरा मनोगत थियो कि डेढ वर्षमा टुंगो लगाउन नसक्नु हाम्रो कमजोरी या कुनचाहिँ कुरा मुख्य हो भन्नेमा हामी छलफलमा छौं ।”

बैठकको आलोपालो अध्यक्षता

पार्टी एकता गर्दा ओली, प्रचण्डले बैठकको अध्यक्षता आलोपालो  गर्ने समझदारी भएको थियो । तर भदौ ९ गते ओली उपचारको सिलसिलामा सिङ्गापुर भएकाले प्रचण्डले सचिवालय बैठकको अध्यक्षता गरे ।  “एकता गर्दा दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने समझदारी भएको थियो । यति प्रक्रियागत कुरा पनि के लिखित गर्नु भनेर मौखिक नै समझदारी भयो । तर पालना भएन,” पूर्वमाओवादीका एक नेता भन्छन् ।

सचिवालय, स्थायी कमिटीको बैठकको अध्यक्षता ओली, प्रचण्ड दुवैले गर्दै आएको भए पनि प्रचण्डको भूमिका, सह–उपाध्यक्षको जस्तो देखिएको भन्दै प्रचण्डले असन्तुष्टि प्रकट गरेको नेकपाको नेताको बुझाइ छ ।

“सामान्य कुरा पनि पालना हुँदैन भने ओलीबाट अरू के आस गर्ने रु,” पूर्वमाओवादीका नेता प्रश्न गर्छन् ।

आलोपालो प्रधानमन्त्री

पार्टी एकताको अघिल्लो दिन पूर्वएमाले–माओवादी केन्द्रबीच गोप्य पाँच बुँदा भयो । सचिवालयका नेतासमेतलाई थाहा भएन । एमालेका तत्कालीन उपमहाचिव विष्णु पौडेल र तत्कालीन माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्मा साक्षी राखेर दुई अध्यक्षले हस्ताक्षर गरेको सम्झौता प्रचण्डले सार्वजनिक गरे । गत जेठ १५ गते ।

एकताअघिको गोप्य सम्झौता सार्वजनिक गरेको भन्दै अध्यक्ष ओली क्षुब्ध बनेका छन् ।

मन्त्रिपरिषद् हेरफेर

ओली र प्रचण्डबीचको बढ्दो असमझदारीको कारण मन्त्रिपरिषद् हेरफेर पनि बनेको छ । प्रचण्डले पहिलोपल्ट २०७५ भदौ २० गते राजनीतिक बिटमा कलम चलाउने पत्रकारहरूलाई आफ्नै निवास खुमलटारमा बोलाएर मन्त्री हेरफेर गरेर भए पनि सरकारको सेवाप्रवाहलाई जनमुखी बनाइने बताए । त्यसपछि महिना बिराएर प्रचण्डले मन्त्री हेरफेर गर्ने बताउँदै आए पनि ओलीले सुनेनन् । दिक्क भएका प्रचण्डले असोज ५ गते विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई भने, “मन्त्री हेरफेरको कुरा मलाई नसोध्नूस् । यसले मलाई हैरान बनायो । मन्त्री हेरफेर गर्ने क्षेत्राधिकार प्रधानमन्त्रीको हो ।”

सरकार गठन भएको ६ महिना नबित्दै मन्त्री परिवर्तनको हल्ला चलाएर प्रचण्डले सरकार सञ्चालनमा असहयोग गरेको ओलीको बुझाइ छ । प्रचण्डले मन्त्री हेरफेरको प्रसङ्ग निकाल्ने, प्रधानमन्त्रीको सचिवालयले खण्डन गर्ने एक किसिमको जुहारी नै चलेको थियो । अहिले नेता नेपाल पनि तत्काल मन्त्रिपरिषद् हेरफेरको पक्षमा छैनन् । उपनिर्वाचन ९मङ्सिर १४० अघि मन्त्री हेरफेर नहुने उनले बताउँदै आएका छन् ।

ओलीको कार्यशैली

प्रचण्ड ओलीको कार्यशैलीप्रति पनि सन्तुष्ट छैनन् । उनले पटकपटक सरकारको समीक्षा गर्नुपर्ने कुरा सचिवालयको बैठक र ओलीसँगको भेटमा उठाएको उनी निकट नेता बताउँछन् । “तर सरकारको त के, प्रधानमन्त्रीकै कार्यशैली बदलिने छाँट देखिँदैन । प्रचण्डको पछिल्लो सङ्केत त्यतापट्टि हुनसक्छ,” उनी निकट नेताहरू बताउँछन् ।

तर जति नै दौडधूप गरे पनि पार्टीभित्र प्रचण्डको वर्चश्व स्थापित हुनेमा शङ्कै गर्छन्, पूर्वएमालेका एक नेता ।

वरीयतामा नेपालभन्दा माथि ल्याएकाले झलनाथको असन्तुष्टि साम्य भएको छ । उपाध्यक्ष प्रस्ताव गर्दै सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिएपछि ओली–वामदेवको सम्बन्ध सुमधुर बनिसकेको छ । प्रदेश र जिल्ला तहको कमिटी एकीकरणका बेला ओलीलाई नै सहयोग गरेकाले नेपालले प्रचण्डलाई साथ दिने सम्भावना न्यूनप्रायः छ ।

“प्रचण्ड पछिल्लो समय कमजोर, एक्लो बन्दै गएको सङ्केत मिलेको छ । गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुनजस्ता पूर्वमाओवादी केन्द्रका प्रभावशाली नेताले ओलीलाई नै साथ दिइरहेका छन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा पनि बादलले ओलीलाई राम्रै सहयोग गरे । यो सबै घटनाक्रमले प्रचण्डलाई एक्लिएको महसुस भएको हुनसक्छ,” नेकपाका एक नेता बताउँछन् ।

र त्यसैको प्रतिक्रिया स्वरूप प्रचण्डले नेपाली काङ्ग्रेसको चियापानमा राजनीतिले जतिबेला पनि कोल्टे फेर्ने बताएका नेकपाका नेताहरूको बुझाइ छ ।

“प्रचण्ड अस्थिर असन्तुलित छन् भनेर बुझ्न उनकै पछिल्ला अभिव्यक्ति सुने पुग्छ,” ती नेता भन्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार