सत्ताधारी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २ गते अन्नपूर्ण पोस्ट्लाई दिएको अन्तरवार्तामा  सोभियत संघ ढलेजस्तो नेपालमा पनि कम्युनिस्ट पतन हुन्छन् कि भन्ने चिन्ता व्यक्त गरेका थिए।

प्रचण्डले नेकपालाई अल्सर वा ग्यास्ट्रिक भएको भनी दिएको अभिव्यक्तिका सन्दर्भमा प्रधानमन्त्री ओलीको टिप्पणी छ, ‘औषधि गर्ने वा खुवाउने ठाउँमै आफैँ भएपछि अल्सर वा ग्यास्ट्रिक भयो भन्दै हल्ला गर्नु ठीक होइन। औषधि खुवाए भयो नि। पार्टीको नेतृत्वमा बसेर के भन्ने के नभन्ने ख्याल हुनुपर्छ।

प्रधानमन्त्री केपी ओलीले सोभियत संघमा कम्युनिस्ट पतन भए जस्तो अवस्था नेपालमा नआउने स्पष्ट पारेका छन्।

अन्नपूर्ण पोस्ट्लाई अन्तवार्ता दिँदै ओलीले भने, ‘शोभियत संघ किन ढल्यो, त्यसको आफ्नै पृष्ठभूमि र कारण छ। तर यहाँ त्यो अवस्था आउँदैन। शोभियत संघमा जस्तो नेपालमा कम्युनिस्ट ढल्दैन।’

आर्थिक र राजनीतिक दुवै नीति गलत भएकोले सोभियत संघ ढलेको बताउँदै भने, ‘कुनै नामले थामिने होइन, प्रणाली र व्यवस्था नामले थामिदैन पनि। त्यो कामले थामिने हो। त्यसको काम कारवाही कस्तो छ, उसको क्रियाले थामिने हो।  सोभियत संघले समानुकुल आफुलाई अपडेट गर्न सकेन। जे गर्नुपर्दथ्यो  त्यो गर्न नसक्दा त्यो ढल्यो। यसबाट सिकेर अघि बढ्ने हो। उनीहरुको राजनीतिक नीतिहरु गलत भए, आर्थिक नीतिहरु पनि गलत भए।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार