नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

मङ्गलबार बिहान सादा पोसाकका प्रहरीले लोहनीलाई चितवन स्थितडेराबाटै गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए । उनी उपचारमा थिए । उनको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो ।

उनी तत्कालीन नेकपा (माओवादी) को शिक्षक संगठनको अध्यक्ष थिए । माओवादी विभाजनपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा गएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार